Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

मेडिकल कलेज व्यापारीलाई दिएर चुरोट कारखाना चलाउँदै सरकार

बुधबार, २७ असार २०७५

काठमाडौं २७ असार / जनस्वास्थ्य र मेडिकल शिक्षा अनियन्त्रित रूपमा निजी क्षेत्रलाई नछाड्न माग गर्दै त्रिविका प्रा.डा. गोविन्द केसीले १५औँ अनशन सुरु गरेको ११ दिन बितिसक्यो । जुम्ला पुगेर अनशन बस्दासमेत लखेटिएका डा. केसीलाई संसद्मा उभिएर गृहमन्त्रीले अधिनायकवादीसमेत भनिसकेका छन् । प्रधानमन्त्री र शिक्षामन्त्रीले केसीको माग सम्बोधन गर्नै नसकिने र निजी मेडिकल कलेजलाई सम्बन्धन दिएरै छाड्ने अठोट दोहोर्‍याइरहेका छन् ।

यही बीचमा शनिबार जनकपुर पुगेका उद्योगमन्त्री मातृकाप्रसाद यादवले चुरोट कारखाना पुनः सञ्चालन गर्न निर्देशन नै दिइसकेका छन् ।

नयाँ पत्रिकाका अनुसार मन्त्री यादवको निर्देशनअनुसार कारखाना सञ्चालन गर्न सरसफाइ समेत सुरु भइसकेको छ । यसरी जनस्वास्थ्यको जिम्मा निजी क्षेत्रलाई दिएर चुरोट कारखाना प्रवद्र्धन गर्ने उद्यममा लागेको छ समाजवाद उन्मुख देशको वामपन्थी सरकार ।

जनकपुर चुरोट कारखाना बन्द भएको एक मात्र सरकारी उद्योग होइन । सरकारी स्वामित्वमा रहेको औषधि लिमिटेड दयनीय अवस्थामा छ भने हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, वीरगन्ज चिनी कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिन्ड म्याग्नेसाइट उद्योग, कृषि औजार कारखाना, सेती चुरोट कारखाना, मोरङ सुगर मिल्स, जस्ता तथा सिसा खानी बन्द अवस्थामा छन् ।

नयाँ पत्रिकामा छापिएको खबर 

प्रतिक्रिया