Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

चिकित्सा शिक्षा विधेयकको विरोध, संसद बैठक स्थगित

विहीबार, ०३ साउन २०७५

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद चल्न नदिने घोषणा गरेपछि बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ । संसद सचिवालयले 'विशेष कारणबस' बैठक बस्न नसक्ने सूचना टाँस गरेर स्थगित भएको जनाएको हो । बैठक १ बजे बस्ने तय भएको थियो । अर्को बैठक साउन ११ गते शुक्रबार दिउँसो १ बजे बस्ने छ । 

चिकित्सा शिक्षाको बेथिती अन्त्यको माग सहित अनशनरत डा. गोविन्द केसीको माग पुरा गर्दै जीवन रक्षा गर्नु पर्ने काँग्रेसको माग छ । चिकित्सा शिक्षाको बेथिती अन्त्यका लागि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा कार्यदलले दिएको सुझाव विपरित सरकारले विधेयक ल्याएपछि उक्त कार्यको सर्वत्र आलोचना भईरहेको छ ।

तर सत्ताधारी दलका नेता निकटका ब्यापारी पोस्ने गरी सरकारले विधेयक दर्ता गराएको छ । उक्त विधेयक संसदको मूल्य मान्यता अनुसार संसदबाटै पास गर्ने सरकारको अडानको विरोध गर्दै काँग्रेसले संसद अवरुद्ध पार्दै आएको छ । उक्त विरोधमा अन्य विपक्षी दलहरु राजपा र नयाँ शक्ति पनि सामेल हुने तयारीमा छन् ।

सरकार जसरी पनि आफ्नै तर्कमा अडिग छ । जसले गर्दा उक्त विषय थप पेचिलो बनेको छ । 

सरकारले जुम्लामा अनसनरत केसीलाई काठमाडौं ल्याउने तयारी गरेको छ । 

यस अघि संसदको बिहीबारको कायसूचीमा विमा विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गर्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थ मन्त्री युवराज खतिवडाले विमान विधेयक प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो । 

शिक्षा मन्त्रीको अडान चर्कदैं, विधेयक फिर्ता हुँदैन, अध्यादेश आउँदैन

शिक्षा मन्त्रीको प्रश्न - माथेमाको प्रतिवेदन नै ऐन बन्ने भए कानून मन्त्रालय किन चाहियो ?

 

प्रतिक्रिया