Edukhabar
विहीबार, १३ बैशाख २०८१
विदेशमा शिक्षा

विदेश जान चाहने विद्यार्थीलाई मेला

विहीबार, ०३ साउन २०७५

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला शुरु भएको छ । एकै स्थानमा विश्वका विभिन्न मुलुकहरुको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिनका लागि मेलाको आयोजना गरिएको आयोजक शैक्षिक परामर्श संघले जनाएको छ । 

४ दिनसम्म चल्ने मेलाको उद्घाटन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उच्च शिक्षामा नेपालको सम्भावना राम्रो भएको र नेपालका बुद्धिज्म, हिमालय लगायतका विषयवस्तुहरु विश्वविद्यालयीय शिक्षामा अन्तर्राष्ट्रियकरण गरी नेपाललाई शैक्षिक गन्तव्य बनाउनु पर्ने बताए । कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वर्ग, श्रीलंकाली राजदूत स्वर्ण परेरा, भारतीय तथा रसियन राजदूतावासका प्रतिनिधि, लगायतले मेलाको सफलताको कामना गरे । 

२ सय २६ स्टल रहेको मेलामा सय भन्दा बढी स्वदेशी परामर्शदातृ संस्थाहरुको सहभागिता रहेको छ भने अमेरिका, अष्ट्रेलीया, न्युजीलैण्ड, क्यानडा, जापान, श्रीलंका, डेनमार्क लगायतका मुलुकहरु तथा छिमेकी राष्ट्र भारत र चिनका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिबाट विखर्थी अभिभावकले सही सूचना र जानकारी प्राप्त गर्ने आयोजकले दावी गरेको छ । 

प्रतिक्रिया