Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

एक वडा, एक नमुना विद्यालय

शुक्रबार, ०४ साउन २०७५

गोरखा - शैक्षिक क्षेत्र सुधारका लागि गोरखा नगरपालिकाले एक वडा एक नमुना विद्यालयको अवधारणा अघि सारेको छ । हालै सार्वजनिक पालिकाको नीति तथा कार्यक्रममा सामाजिक विकास नीति अन्र्तगत “दक्ष जनशक्ति गुणस्तरिय शिक्षा, आत्मनिर्भर एवं  समृद्घ नगर हाम्रो अपेक्षा” भन्ने नारा सहित शैक्षिक क्षेत्रमा ब्यापक सुधार गर्ने लक्ष्य उल्लेख गरिएको छ । 

उक्त लक्ष्यका लागि  विकासको नीति लागु गरी एक वडा एक नमुना विद्यालयको योजना तय गरिएको नगर प्रमुख राजन राज पन्तद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  

पालिकाले शिक्षा क्षेत्रमा भइरहेका ब्यवसायीकरणलाई न्युनिकरण गर्ने नीति अवलम्बन गर्दै शिक्षामा सबैको समान अधिकार र पहूँच पु¥याउन अनिवार्य आधारभुत शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने योजना बनाउने उल्लेख छ । शैक्षिक बेरोजगारी समस्यालाई ध्यानमा राखी ब्यबसायिक, सिपमुलक र ब्यबहारिक शिक्षा केन्द्रीत कार्यक्रम गरिने तथा सबै विद्यालयहरुमा भौतिक पूर्बाधार एबं शिक्षक ब्यबस्थापनमा जोड दिइने पालिकाको योजना छ । शैक्षिक उपलब्धीको आधारमा शिक्षक एबं विद्यालयलाई पुरस्कृत गर्ने, विद्यार्थी संख्या, सुगमता आदि मापदण्डका आधारमा विद्यालय नक्शांकन र शिक्षकहरुको क्षमता विकास गर्दै शिक्षक दरबन्दीको मिलान कार्य गर्ने तथा विद्यालय शिक्षाको गुणस्तर वढाउन शैक्षिक पूर्वाधार सुधार गरिने उसले योजना बनाएको छ । 

विपन्न वालवालिकाहरुलाई छात्रवृत्तिको व्यवस्था, विद्यालयहरुमा अतिरिक्त कृयाकलापहरुलाई वढावा दिने नीति गरिब तथा बिपन्न बालबालिकाहरुलाई प्रत्येक बर्ष “नगर प्रमुख शैक्षिक छात्रबृत्ति ”प्रदान गर्ने लगायतका योजना पालिकाले बनाएको छ । 

यसैगरी महिला शिर्षक अन्र्तगत पनि शिक्षाका विषय समेटिएको छ । ”नगरको इच्छा, छोरी लाई शिक्षा“ भन्ने मान्यताका साथ महिला साक्षरता कार्यक्रमलाई प्रभावकारी गर्ने पालिकाको योजना छ ।  । 

यसैगरी अपाङहरुले अध्ययन गर्ने विद्यालयहरुको भौतिक पूर्वाधार विकासमा प्राथमिता दिइने पालीकाका विद्यालय उमेर समुहका र वाहिरका  किशोरीहरुका लागि जिवनउपयोगी कार्यक्रम संचालन गरिने तथा सवै विद्यालयका किशोरीहरुका लागि सेनेटरी प्याडको उपयोगबारे चेतना अभिवृद्धि गरिने पालिकाको योजना छ । 

पारदर्शिता तथा जवाफदेहिता शिर्षकमा पालिकाले नगरपालिका कार्यालय, वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्वास्थ्य चौकीहरुको व्यवस्थित संचालनको लागि आवश्यक श्रोत साधनको विनियोजन गरी अघि बढ्ने प्रतिवद्धता जनाएको छ ।  

घाइते, बेपत्ता र शहिदका छोराछोरीलाई पठनपाठन तथा प्राबिधिक शिक्षा अध्ययनका लागि विद्यार्थीको आर्थिक अवस्था हेरी सहयोग पु¥याउन छात्राबृति कोष खडा गर्ने, बहुमुखी प्राबिधिक शिक्षालय स्थापना गर्ने, अनियमित रुपले लिइने कुनै पनि शैक्षिक शुल्क नियमन तथा नियन्त्रण गरिने, विद्यालयको शिक्षणमा प्रभावकारिता ल्याउन अनुगमन, निरिक्षण र सुपरिबेक्षण गरिने छ, शिक्षकको कार्यक्षमता, कार्यकुशलता, दक्षता, सीप र योग्यता बिकासमा आबश्यक प्रबन्ध मिलाइने पालिकाको योजना छ । 

यसैगरी पालिकाले श्रोत केन्द्रस्तरीय खेल तथा योग शिक्षकको ब्यबस्था गर्न पहल गर्ने देखि शैक्षिक संस्थाहरुमा प्राथामिक उपचार सामग्री पु¥याइने र सवै विद्यालयहरुमा इन्टरनेट सहितको कम्प्युटरको व्यवस्था गरि शैक्षिक क्रियाकलापम सुधार गरिने योजना पनि बनाएको छ । 

आर्थिक वर्ष २०७५/७६ को उक्त नीति तथा कार्यक्रम तयार गर्दा नेपालको संविधान राज्यको निर्देशक सिद्धान्त र नीतिहरु, सरकारी नीतिहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा नेपालले व्यक्त गरेका प्रतिवद्धताहरु, दिगो विकासको लक्ष्यहरु, नेपाल कानुन, आवधिक विकास योजनाहरु, विषय क्षत्रगत आवधिक योजनाहरुका साथै नगरकार्यपालिकाका सदस्यहरु, नगरसभा सदस्यहरुबाट प्राप्त सल्लाह र सुझाव एंव राजनीतिक दलहरु, सहकारी, निजि क्षेत्र र विकास साझेदारहरुको सुझावलाई ध्यान दिईएको पन्तले बताए । 

 

प्रतिक्रिया