Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

चिकित्सा शिक्षाको बेथिती अन्त्यको माग सहित सत्याग्रह : नागरिक अगुवा सडकमा

आइतबार, ०६ साउन २०७५

काठमाडौं ६ साउन / चिकित्सा शिक्षाको बेथिती अन्त्यको माग सहित अनसनरत डा. गोविन्द केसीका पक्षमा नागरिक समाजका अगुवा पनि सडकमा निस्केका छन् । शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा सरकार संवेदनशील नभएपछि उनीहरु सडकमा उत्रिएका हुन् । त्यसमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वउपकुलपति केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, अभिनेत्री मनीषा कोइराला, श्याम श्रेष्ठ, रवीन्द्र मिश्रलगायत सहभागी थिए ।

उक्त खबरलाई आईतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाले महत्वका साथ छापेका छन् । डा. केसी समर्थनमा नागरिक अगुवा सडकमा शिर्षकमा नागरिकमा दीपक दाहालले लेखेका छन् । 

२२ दिनदेखि भोकै लडिरहेका डा। गोविन्द केसीको जीवनरक्षाको माग गर्दै सोलिडाइरेटी फर गोविन्द केसी अभियानले राजधानीमा शनिबार आयोजना गरेको कार्यक्रम ०६२र०६३ दोस्रो जनआन्दोलनको झल्को दिने खालको देखिएको छ। दोस्रो जनआन्दोलन उत्कर्षमा पु(याउन महत्वपूर्ण भूमिका खेलेका नागरिक अगुवाले (यालीको नेतृत्व गरेका थिए। (यालीका सहभागीले ‘तानाशाही ओली – अस्पतालमा गोली, अस्पतालमा आक्रमण – सरकारलाई संक्रमण, कान खोली सुन – ओली र प्रचण्ड, तिम्रो मार्सी मोहले समाजवाद आउँदैन, नेकपाको सत्ता – चिकित्सा ऐन बेपत्ता’ जस्ता नारा लगाएका थिए खबरका उल्लेख छ । 

यस्तै कान्तिपुरले केसीको पक्षमा प्रबुद्ध समुदाय शिर्षकमा खबर छापेको छ भने नयाँ पत्रिकाले  आन्दोलनमा सहभागी नागरिक समाजका अगुवाको भनाईलाई कभरेज ष्रेको छ । आन्दोलन बढ्दै गए सरकार ढल्न सक्ने मानव अधिकारकर्मी कृष्ण पहाडीको भनाई, केसीका माग पूरा नभए देशमा आगो बल्ने पूर्व प्रधान न्यायाधिस सुशीला कार्कीको भनाई र लेखक खगेन्द्र संगौंलाले ओली र प्रचण्डले  नाक जोगाऊन् भन्दै दिएको सुझावलाई महत्व दिएको छ । 

जुम्लामा अनसनरत केसीलाई काठमाडौं ल्याएपछि रगत जाँचसमेत गरिएन भन्दै नयाँ पत्रिकाले केसी पक्षले जुम्लामा जति उपचार काठमाडौंमा हुन नपाएको बताएका उल्लेख गरेको छ । सरकारले केसीको माग सम्बोधन र उपचारलाई सँगसँगै अगाडि बढाउन नखोज्दा स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको छ ।

सरकार भने केसी बोल्न सक्ने भएपछि मात्रै वार्ता गर्ने मनस्थितिमा देखिएको छ ।

यस्तै सत्याग्रही आन्दोलनलाई हिंसात्मक नबनाऔं शिर्षकमा नेपाल समाचारपत्र दैनिकले सम्पादकीय लेखेको छ भने अन्नपूर्ण पोष्टमा केसीका पक्षमा नागरिक प्रदर्शन शिर्षकमा पहिलो खबर छ । 

यसैविच केसीले उठाएका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन २ सय जना सामूहिक सत्याग्रह बस्ने भएका आजका पत्रिकामा खबर छ । आइतबार वसन्तपुरमा ७ घन्टा सामूहिक सत्याग्रह गर्ने तयारी रहेको केसीका सहयोगी प्रीतम सुवेदीले बताए । केसी एक्लै नभएको देखाउन उनीहरूले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सत्याग्रह गर्न लागेका हुन् ।

प्रतिक्रिया