Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

एक बर्षे बीएडको भर्ना मिति तोकियो, बैशाखमा कक्षा सक्ने

आइतबार, २७ साउन २०७५

काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्र्तगत एक बर्षे बीएड कक्षा सञ्चालन गर्दै आएका क्याम्पसहरुले भदौ १४ सम्ममा विद्यार्थी भर्नाको प्रकृया सक्नु पर्ने भएको छ । गएको शुक्रबार देखि शुरु भएको फर्म वितरणको कार्य भदौ १४ सम्मका लागि तोकिएको र उक्त मिति भित्र भर्ना सक्नु पर्ने विश्वविद्यालय, शिक्षाध्यक्ष कार्यालयले जनाएको छ । 

भर्नाको अन्तिम दिनको भोलीपल्ट अर्थात् भदौ १५ गतेबाटै कक्षा सञ्चालन गर्ने र बैशाख मसान्त सम्ममा कक्षा समाप्त हुने गरी पठन पाठन गर्ने कार्यतालिका तय भएको कार्यालयले जनाएको छ । अन्तिम परीक्षाका लागि आवश्यक रजिष्ट्रेशन फर्म भर्न पुस मसान्त सम्मको समय निर्धारण गरिएको छ भने, फागुन मसान्त सम्ममा परीक्षा फारम भर्ने कार्यतालिका तय गरिएको छ । 

अन्तिम परीक्षा २०७६ जेठमा र नतिजा भदौमा प्रकाशन गर्ने विश्वविद्यालयको कार्यतालिका छ  । क्याम्पसहरुले विद्यार्थी भर्ना गर्दा शैक्षिक बर्ष नजुध्ने गरी भनै विश्वविद्यालयले निर्देशन दिएको छ ।  

प्रतिक्रिया