Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

विद्यार्थीले पिउने पानीमा विष : सांसदको शंका - बन्द भजाउन त हैन !

बुधबार, ३० साउन २०७५

काठमाडौं - विद्यार्थीले पानी पिउने ट्याङ्कीमा विष हालिएको घटनालाई सत्तारुढ दलका सांसदले 'बन्द भजाउन' गरिएको हुन सक्ने भन्दै शंका ब्यक्त गरेका छन् । बुधबारको संसद बैठकको विशेष समयमा बोल्दै संघीय प्रतिनिधि सभामा मोरङ्बाट निर्वाचित सांसद घनश्याम खतिवडाले उक्त शंका गरेका हुन् । 

उक्त घटनालाई आपराधिक घटनाको संज्ञा दिदैं उनले भाषणका क्रममा  हिजोको बन्दको प्रसँग जोड्दै त्यसलाई भजाउनका लागि त हैन भन्ने शंका गरेका हुन् । 

'हिजो कसैले, एउटा पार्टिले बन्दको घोषणा पनि गर्यो, त्यसलाई भजाउनका लागि... त्यता तिर शँका धेरै त गरेको छैन यद्यपी स्थानीय प्रशासनले यसलाई राम्ररी खोजविन गरेर सत्य तथ्य बाहिर ल्याउनका लागि गृह मन्त्रालयको निर्देशन होस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु' उनले भने । 

लेटाङ् नगरपालिका वडा नम्बर ९ स्थित श्री मावि जाँतेमा रहेको विद्यार्थीले पानी पिउने ट्याङ्कीमा अज्ञात ब्यक्तिले विष हालिदिदाँ त्यो पानी पिउने २६ विद्यार्थी मंगलबार विरामी परेका थिए । मंगलबार नै नेकपा माओवादी विप्लब समूहले बन्दको आयोजना गरेको थियो ।  

मंगलबार विहान विद्यालय समय शुरु हुनासाथ पानी पिएका विद्यार्थीलाई पेट पोल्ने, वान्ता हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखापरे पछि सोध खोज गर्दा ट्याङ्की भित्रै किरा मार्ने विषादीको बोतल फेला परेको थियो ।

पढ्नुहोस् : विद्यार्थीले पानी पिउने ट्याङ्कीमै विष ! २६ विरामी, ४ गम्भिर

विद्यार्थीले पिउने पानीमा विष हाल्ने अपराधिको जति घृणा गरे पनि नपुग्ने बताउँदै उनले अवोध बालबालिकाको ज्यान लिने दुस्प्रयास गरिएको उल्लेख गरे । घटना प्रति खेद प्रकट गर्दै उनले त्यस्ता अपराधिलाई कानूनको कठघरामा ल्याएर कारवाही गर्न संसद मार्फत् सरकारको ध्यानार्कषण गराएका छन् । 

पानी पिएर विरामी भएका विद्यार्थी मध्ये गम्भिर अवस्थाका ४ जनाको विराटनगर स्थित नोवल अस्पतालमा उपचार जारी रहेको सांसद खतिवडाले संसदमा जानकारी दिएका छन् । २६ जना मध्ये  उपचार पछि १८ जना घर फर्केका, २ जनाको उर्लावारी नगरपालिकाको मंगलबारेमा उपचार जारी रहेको र गम्भिर विरामी रहेका बाँकी ४ जना कामना लिम्बु, सृष्टि निरौला, खुस्वु मिश्र र मनिषा थापाको आईसीयुमा राखेर उपचार भईरहेको बताए । 

यस्ता विपद्का घटना हुँदा तत्काल उद्धार गर्न ईलाका प्रहरी कार्यालयमा भरपर्दो सवारी साधन नुहँदा समस्या भएकोले भाडाका गाडि खोजेर विरामी खेप्ने काम गरिएकोभ न्दै उनले गृह मन्त्रीको समेत ध्यानाकर्षण गराएका छन् । 

प्रतिक्रिया