Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
अन्तैवाट

विद्यालयका लेखा सहायक घुससहित समातिए

विहीबार, ३१ साउन २०७५

काठमाडौं ३१ साउन / ख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटबाट एक लेखा सहायकलाई ४५ हजार घुससहित पक्राउ गरेको छ । 

जिल्ला सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा कार्यरत लेखा सहायक प्रमोद ठाकुरलाई अख्तियारको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोलीले नगद ४५ हजारसहित पक्राउ गरेको हो ।

अन्नपूर्ण पोष्टका अनुसार पक्राउ परेका ठाकुरले विद्यालयको भवन निर्माण कम्पनीसँग बारम्बार पैसा मागेर हैरान गर्ने गरेको भन्दै उजुरी परेको थियो । त्यही उजुरीका आधारमा ठाकुरलाई निगरानी गरेर रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । 

४५ हजार घुससहित समातिए लेखा सहायक शिर्षकमा अन्नपूर्ण पोष्टमा प्रकाशित । 

प्रतिक्रिया