Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
अन्तैवाट

शिक्षक बेपत्ता

विहीबार, ३१ साउन २०७५

काठमाडौं ३१ साउन / टोखा नगरपालिका १ मा रहेको बौडेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण फुयाल तीन दिनदेखि बेपत्ता भएका छन् । 

शिक्षा सेवा आयोगको परीक्षाका लागि माध्यमिकस्तरीय पुस्तक किन्न भनी सोमबार साँझ तार्केश्वर नगरपालिका २ काभ्रेस्थलीमा रहेको घरबाट भोटाहिटी जान्छु भन्दै निस्केका फुयाल सम्पर्कविहीन भएका उनका आफन्तले जनाएका छन् । उनी बौडेश्वर उमाविमा प्राथमिक तहका स्थायी शिक्षक हुन् ।

शिक्षक फुयाल चढेको बा८५प ९३३६ नम्बरको मोटरसाइकल भने प्रहरीको सहयोगमा मंगलबार चितवन नजिकै जलबिरे भन्ने ठाउँमा भेटिएको उनका भिनाजु पूर्णप्रसाद तिम्लसिनाले जानकारी दिए । मोटरसाइकल उपत्यकाबाहिर फेला पर्नुले घटना झन् शंकास्पद भएको भन्दै आफन्तजनले छिटो खोजी गरिदिन आग्रह गरेका छन् ।

बालाजु प्रहरी वृत्तले भने निरन्तर खोजी भइरहेको बताएको छ ।

कान्तिपुरबाट 

प्रतिक्रिया