Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
अन्तैवाट

‘राजनीतिक भागबन्डा कारणले त्रिवि धराशायी’

विहीबार, ३१ साउन २०७५

काठमाडौं ३१ साउन / प्रा.डा. गोविन्द केसीले दक्षिण एसियाकै अब्बल मानिने त्रिवि शिक्षण अस्पताल दलीय भागवण्डाबाट आएका कार्यकर्ताहरुका कारण धराशायी हुने अवस्थामा पुगेको बताउनुभएको छ ।

उहाँल त्रिविलाई अझै धराशायी हुन नदिन राजनीतिक नेतृत्व नै इमान्दार बन्नुपर्ने विचार राख्नुभएको छ ।

डा.केसीले त्रिविलाई राजनीतिक पञ्जाबाट मुक्त गरी वरिष्ठताको आधारमा कार्यकारी निर्देशक, डिनलगायतका पदाधिकारीहरु नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वरिष्ठताका आधारमा तीन जनाको नाम सिफारिश गरी त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्ति गर्नुपर्ने धारणा राख्नभयो ।

त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा चलखेल बढ्न थाले भन्दै सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभएको छ –अहिले आएर सो कमिटिबाट वरिष्ठता र योग्यताका स्थापित आधारमा नभई दलीय वफादारी र भागवण्डाका आधारमा नियुक्तिका लागि नामहरु सिफारिश गर्ने प्रयास भइरहेको बुझिएको छ ।

डा.केसीले यस विषयमा पुनर्विचार नगरिए आफू आन्देलनमा उठ्न पर्ने बताउनुभयो ।

नेपाल समाचारपत्रमा प्रकाशित 

प्रतिक्रिया