Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
विदेशमा शिक्षा

प्रवेश परीक्षा तयारी गरिरहेका विद्यार्थी माथि आक्रमण, ४८ को मृत्यु

विहीबार, ३१ साउन २०७५

काठमाडौं - विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षा लिइरहेका विद्यार्थी माथि आत्मघाती बम आक्रमण हुँदा अफगानिस्तानमा ४८ जनाको मृत्यु भएको छ । विस्फोटमा परी ज्यान गुमाउनेमा अधिकांश किशोर–किशोरीहरु छन् । राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा भएको उक्त आक्रमणमा परी ६७ जना घाइते भएका छन् । 

सिया मुस्लिमको बाहुल्य रहेको काबुलको उक्त ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको अफगानी प्रहरीलाई उदृत  गर्दै बीबीसीले जनाएको छ । 

दुर्घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

अफगानिस्तानको सिया समुदाय पटकपटक सुन्नी मुस्लिमहरुको आतंकवादी समूह स्लामिक स्टेटको निशानामा पर्दै आएका छन् । सिया समुदायले स्वधर्म नष्ट गरेको आक्रोशमा उनीहरूले कैयनको ज्यान लिइसकेका छन् ।

प्रतिक्रिया