Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षाको दिर्घकालिन दृष्टिकोणमा प्रवेश

सोमबार, ०४ भदौ २०७५

काठमाडौं - देशको शिक्षा नीति तय गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग शिक्षाको दिर्घकालिन दृष्टिकोण निर्माणका विषयमा प्रवेश गरेको छ । 

सोमबार बसेको आयोगको चौथो बैठकमा शिक्षाको दिर्घकालिन दृष्टिकोणका बारेमा सदस्यहरुले आआफ्ना धारणा ब्यक्त गरेका छन् । कसैले लिखित त कसैले मौखिक रुपमा धारणा राखेको आयोगका एक सदस्यले बताए ।

एक जनाले १२ पाना देखि ३१ पाना सम्म लेखेर ल्याएका आयोग श्रोतले जनायो ।  

'शिक्षाको दुरदृष्टि के हुने, प्रस्तावनामा के उल्लेख गर्ने, संघीयतामा शिक्षाका विषय कसरी समेट्ने जस्ता प्राविधिक विषयमा छलफल शुरु भएको छ' ती सदस्यले भने, 'मुख्यतया संविधानले गरेको ब्यवस्था अनुसार कसरी आयोगका कृयाकलापलाई  केन्द्रित गर्ने भन्ने विषयमै छलफल केन्द्रित भएको हो ।'   

यस अघिको बैठकमै शिक्षा मन्त्री तथा आयोगका अध्यक्ष गिरिराजमणि पोखरेलले संविधानले निदृष्ट गरेको समाजवादी कोणबाट नीति निर्माण गर्दा शिक्षाको दिर्घकालिन दृष्टिकोण के हुने भन्ने विषयमा आयोगका सदस्यहरुलाई धारणा सहित उपस्थित हुन भनेका थिए । 

सोमबारको बैठकमा प्रस्तुती छुटेका सदस्यहरुलाई तीन दिन पछि बस्ने बैठकमा शिक्षा सम्बन्धि मुल नीति, निर्देशक सिद्धान्त, दुर दृष्टि र मार्ग निर्देशक सिद्धान्तका बारेमा धारणा सहित आउन भनिएको छ । 
यस अघि विषयगत रुपमा कार्य गर्न आयोगका सदस्यहरु भित्रैबाट छुट्टा छुट्टै समुह निर्माण गरिएको थियो । 

पढ्नुहोस् : शिक्षा आयोगमा जिम्मेवारी सहित विषय निर्धारण, आवश्यक परे बाहिरबाट पनि सहभागी गराईने

उक्त समूहले आन्तरिक कार्य जारी राख्दै गर्ने र मुलभूत कुराहरुमा पनि छलफल अघि बढाउँदै जाने योजना अनुसार आयोगको कार्य अघि बढाईएको बताईएको छ । 

यी खबर पनि पढ्नुहोस् : पुरानो निर्णय उल्ट्याएर शिक्षा आयोग गठन, प्रधानमन्त्रीले थपे ५ जना

शिक्षा आयोगको पहिलो बैठक : कार्यविधि बनाउने जिम्मा मन्त्रीलाई नै

आयोग बैठकमा शिक्षा मन्त्रीको लिखित भाषण : समयको चापसँगै कार्य सम्पादनको खाँचो

प्रतिक्रिया