Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

शिक्षा विधेयकमा ६६ सांसदका ३३ संशोधन

विहीबार, २१ भदौ २०७५

काठमाडौं - अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयकमा संशोधनका लागि निर्धारित ७२ घण्टे अवधि भित्र ६६ सांसदका ३३ संशोधन दर्ता भएका छन् । संशोधन दर्ता गराउन बिहीबार दिउँसो २:२० सम्मका लागि तोकिएको समय भित्र कतिपय सांसदले समुहमा र कतिपयले छुट्टा छुट्टै संशोधन दर्ता गराएका हुन् । 

३३ मध्ये १४ संशोधन समूहमा दर्ता गरिएको छ । जसमा २ देखि ६ जना सम्मले सामूहिक रुपमा संशोधन दर्ता गराएका छन् । बाँकी संशोधनहरु सांसदले एकल रुपमै दर्ता गराएका छन् । 

संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत ब्यवस्था गरेसँगै उक्त ब्यवस्था कार्यान्वयन गर्न असोज ३ अघि नै उक्त विधेयक पारित भईसक्नु पर्ने संबैधानिक प्रावधान छ । 

संविधानले गरेको ब्यवस्था अनुसार शिक्षा अधिकारलाई कार्यान्वयन गर्न शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसदमा दर्ता गराएको उक्त विधेयकमा गत सोमबार संसदमा छलफल भएको थियो । 

पढ्नुहोस् : शिक्षा विधेयक माथि संसदमा छलफल, शिक्षा मन्त्री भन्छन् : निजी बन्द हैन, सार्वजनिकको पूरक !

उक्त विधेयक पनि पढ्नुहोस् : अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयक 

संसदीय प्रकृया पश्चात तोकिएको समयमा संशोधन दर्ता गराउने सांसदहरुमा राजेन्द्रकुमार श्रेष्ठ, सञ्जय कुमार गौतम, खगराज अधिकारी, दुर्गा पौडेल, भरतकुमार शाह, सुरेश कुमार राई र विन्दा पाण्डे छन् । यस्तै डा. बिजय सुब्बा, पदम गिरी, एकवाल मियाँ, प्रेम सुवाल, गगन थापा, पार्वत गुरुङ्, दिब्यमणि राजभण्डारी  र तेवुलाल चौधरीले संशोधन दर्ता गराएका छन् । यसैगरी लक्ष्मी परियार, सुजाता परियार, प्रमोद शाह र विशाल भट्टराईले संशोधन दर्ता गराएका संसद सचिवालय श्रोतले जानकारी दिएको छ । 

यसैगरी सरिता न्यौपाने, कलिला खातुन, तिर्था गौतम, मैना भण्डारी र गोमा देवकोटाले समूहमा संशोधन दर्ता गराएका छन् । यस्तै मिलेर संशोधन दर्ता गराउने अर्को समूहमा नविना लामा, मनकुमारी जिसी, घनश्याम खतिवडा, नाराउयणप्रसाद खतिवडा, विनादेवि बुढाथोकी र विष्णु शर्मा छन् । यस्तै विना कुमारी श्रेष्ठ, कृष्णभक्त पोखरेल, झपटबहादुर रावल पवित्रा निरौला खरेलले पनि सामुहिक संशोधन दर्ता गराएका छन् ।

विमला विक, निरा जैरु, सानु शिवा, दुर्गा विक, आशा विक र दुर्गा कुमारी विकले अर्को सामुहिक संशोधन दर्ता गराएका छन् । पार्वती कुमारी विसंखे, विमला विश्वकर्मा, अञ्जना विशंखे र पवित्रा निरौला खरेलले पनि सामुहिक संशोधन दर्ता गराएका छन् । यसैगरी सामुहिक संशोधन दर्ता गर्नेमा शशी श्रेष्ठ, जयपुरी घर्ति, रेखा शर्मा, यशोदा सुवेदी, अमृता थापा र पूर्णा कुमारी सुवेदी छन् ।

यस्तै सूर्य प्रसाद पाठक र भूपेन्द्र बहादुर थापा, हित बहादुर तामाङ् र सन्तकुमार थारु, सुजिता शाक्य र नवराज रावत, लालबहादुर थापा र रविन्द्र शर्मा, गंगा चौधरी र लक्ष्मीकुमारी चौधरी, रेखाकुमारी झा र पुष्पाकुमारी कर्ण कायस्थ, योगेश भट्टराइ र नविना लामा तथा पदम गिरी र नविना लामाले मिलेर संशाधेन दर्ता गराएका संसद सचिवालय श्रोतले जनाएको छ ।  

उक्त संशोधनका बारेमा संसदीय समितिमा छलफल भएपछि आवश्यक काँटछाँट पछि फेरी संसदमा पुगेर पारित हुने छ । 

प्रतिक्रिया