Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

परीक्षा रद्द गर्न माग गर्दै अदालतमा रिट

बुधबार, २७ भदौ २०७५

काठमाडौं २७ भदौ / सिद्धिचरण नगरपालिका ५ ओखलढुंगाको राज्यलक्ष्मी माध्यमिक विद्यालयले आफैं‌ले तोकेको मापदण्ड र पाठ्यक्रम फेरेर कर्मचारी नियुक्ति गर्न लिइएको परीक्षा रद्द गर्न माग गरिएको छ । अन्नपूर्ण पोष्टका अनुसार उच्च अदालत ओखलढुंगा अस्थायी इजलास ओखलढुंगामा सो विषयमा रिट दर्ता भएको हो ।

परीक्षामा सहभागी हुन आवेदन दिएका पाँचमध्ये तीन परीक्षार्थीले रिट दर्ता गरेका हुन् । विद्यालयले आफूले यसअघि तोकेको मापदण्ड मिचेर कर्मचारी नियुक्ति गर्न परीक्षा सञ्चालन गरेपछि बहिष्कार गरेका जीवनाथ दाहाल, शम्भुप्रसाद दाहाल र विमला घिमिरे दाहालले विद्यालयको निर्णयविरुद्ध निषेधाज्ञा, उत्प्रेषण मि िश्रत परमादेशको आदेशबाट निर्णय बदर गरी पुनः परीक्षा सञ्चालन गर्न माग गरिएको छ ।

उक्त विद्यालयले भदौ १९ गते मापदण्ड र पाठ्यक्रमसमेत परीक्षाकै दिन फेरेर परीक्षा सञ्चालन गरेको थियो । सुरक्षाको कारण देखाउँदै स्रोतव्यक्ति गोपीकृष्ण गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा परीक्षा लिइएको परीक्षार्थीको आरोप छ । रिट निवेदनमा लिइएको परीक्षा रद्द गर्न, नयाँ मापदण्ड र पाठ्यक्रम तय गरेर पुनः परीक्षा लिन माग गरिएको हो ।

रिट निवदेनको सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश शालीग्राम कोइरालाको इजलासले विपक्षीलाई चाँडो सूचना दिई असोज ४ गते छलफलका लागि अदालतमा बोलाउन आदेश दिएको छ । विद्यालयले भने दुईजना सहभागी गराई परीक्षा सञ्चालन गरिसके पनि नतिजा भने प्रकाशन गरेको छैन ।

अन्नपूर्ण पोष्टमा शिवप्रसाद ढुंगानाले लेखेका छन् ।

प्रतिक्रिया