Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

नेपालीलाई प्राप्त छात्रवृत्ति धरापमा पार्नेलाई कारवाहीको माग

आइतबार, ३१ भदौ २०७५

काठमाडौं - नेपाल मेडिकल काउन्सिलका पदाधिकारीले चीनसरकारबाट प्राप्त छात्रवृत्ति धरापमा पारेको भन्दै सांसद प्रेम सुवालले कारवाहीको माग गरेका छन् । आईतबारको संसद बैठकमा बोल्दै उनले त्यस्ता काउन्सिलका पदाधिकारीलाई अविलम्ब कारवाही गर्न माग गरेका हुन् । 

बंगलादेश सरकारको छात्रवृत्तिमा एमबीबीएस पास विद्यार्थीले चीनको डाली विश्वविद्यालयमा अँगेजी भाषमा ३ बर्षको एमडी अध्ययन गर्न अर्को छात्रबृत्ति प्राप्त गरे पनि काउन्सिलले भाषा थप एक बर्ष पढ्नु ४ बर्षको छाबृत्ति मिलाउनु नभए हुन्न भनी दुख दिएको उनको आरोप छ ।  

'काउन्सिलले अन्य देशमा अँग्रेजी भाषामा ३ बर्षे एमडीको पढाईलाई मान्यता दिदैं आएको तर चीनमा अँग्रेजी भाषामा ३ बर्षे एमडीलाई मान्यता किन दिदैंन ?' प्रश्न गर्दै उनले भने, 'चीनमा अँग्रेजी भाषामा तीन बर्षको एमडी अध्ययन छात्रवृत्तिलाई मेडिकल काउन्सिलले मान्यता दिनु आवश्यक छ । चीनबाट एमडी पढ्न नेपाली विद्यार्थीलाई प्राप्त छात्रवृत्ति नै धरापमा पार्ने काउन्सिलका पदाधिकारीलाई अविलम्ब कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।'

पाल्पा स्थित निजी मेडिकल कलेजले गाउँगाउँबाट भाडाका विरामी ल्याई अनुगमन टोलीलाई देखाएको खबर प्रकाशित भएको भन्दै उनले कतिपय निजी मेडिकल कलेजमा अपराधीको पनि लगानी भएको समाचार आएको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् । 

काठमाडौं उपत्यका बाहिरको निजी मेडिकल कलेजले तत्कालिन संसदीय समिति अन्र्तगतको उपसमितिको अनुगम टोलीसँग एमवीवीएस विद्यार्थी भर्ना संख्याको स्विकृत गर्दा नेपाल मेडिकल काउन्सिललाई ३ करोड कमिसन दिएको घटना स्मरण गर्दै सांसद सुवालले मेडिकल शिक्षामा ब्याप्त विकृति नियन्त्रण गर्न माग गरे । 

प्रतिक्रिया