Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

आधारभूतमा १ र माविमा २ कर्मचारी दरबन्दी व्यवस्थाको सुझाव

शनिबार, ०६ असोज २०७५

काठमाडौं - आधारभूत तहमा न्यूनतम १ र माध्यमिक तहमा न्यूनतम २ कर्मचारीको दरबन्दी व्यवस्था गर्न  शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले प्रस्ताव गरेको छ । गत मंगलबार सरकारलाई बुझईएको उक्त कार्यदलको प्रतिवेदनमा २० जना भन्दा बढी विद्यार्थी रहेका २१ हजार ९ सय ४४ विद्यालयमा न्यूनतम १ जना कर्मचारीको व्यवस्था गर्न सुझाव दिईएको छ । यस्तै यी विद्यालय मध्ये १२ कक्षा सम्म चलेका ६ हजार २ सय १० विद्यालयमा न्यूनतम २ जना विद्यालय कर्मचारीको व्यवस्था गर्नु पर्ने कार्यदलको सुझाव छ ।

यसका लागि आधारभूत तहमा विद्यालय सहयोगीका रुपमा २२ हजार ७ सय ७४ लाई ४ अर्ब १४ करोड ९ लाख ७ हजार रुपैंया लाग्ने कायदलको अनुमान छ । यस्तै सोही तहमा रहने  विद्यालय तहकै अर्को वर्गको ६ हजार २ सय ७२ विद्यालय सहयोगीका लागि १ अर्ब १४ करोड ६ लाख ८९ हजार रुपैंया लाग्ने कार्यदलको निश्कर्ष रहेको छ ।

यसैगरी कक्षा ११ सम्म सञ्चालित माध्यमिक विद्यालयमा ६ हजा २ सय ७२ विद्यालय सहायकका लागि १ अर्ब ९३ करोड, १७ लाख ७६ हजार लाग्ने अनुमान छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक धार सञ्चालन भएका सामुदायिक विद्यालयमा सञ्चालन हुने कार्यक्रम र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् मार्फत सञ्चालन हुने प्राविधिक विद्यालयहरुमा शिक्षक, कर्मचारी दरबन्दीको व्यवस्थापनका लागि नेपाल सरकारले नीतिगत निर्णय गरी समन्वयात्मक रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यदलले सुझाव दिएको छ ।

प्रतिक्रिया