Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

बलात्कार आरोपमा शिक्षक पक्राउ

बुधबार, २४ असोज २०७५

काठमाडौं २४ असोज / काभ्रेको जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानस्थित कालिका माविका शिक्षक ३१ वर्षीय गणेश पहरीमाथि दुई छात्रालाई यौन शोषण गरेको आरोप लागेको छ । नयाँ पत्रिकाका अनुसार आफूले पढाउने दुई छात्रालाई यौन शोषण गरेको अभियोगमा पहरी पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना बालिकालाई शिक्षक पहरीले एक वर्षदेखि बलात्कार गर्दै आएका अभिभावकले बताएका छन् ।

पीडित बालिकाका अभिभावकको उजुरीको आधारमा प्रहरीले पहरीलाई पक्राउ गरेको हो । जिल्ला अदालत काभ्रेबाट सात दिनको म्याद थपेर उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनालाई गुपचुप राख्न खोजेको आरोप बालिकाका अभिभावकले लगाएका छन् ।

पहरी पक्राउपछि अदालतबाट म्याद थप भएको तीन दिनपछि मात्रै घटना सार्वजनिक भएको हो । पहरीमाथि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले जानकारी दिए । ‘पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउँछौँ,’ एसपी खड्काले भने ।

प्रहरीले बालिकालाई केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा पटक–पटक बलात्कार गर्दै आएका अभिभावकको आरोप छ । पहिले दुव्र्यवहारमा परेकी बालिकाकी साथीलाई समेत उनले यौन दुव्र्यवहार गरेको अभिभावकहरूले बताएका छन् । बालिकाहरूलाई पहरीले चकलेट दिन्छु, अरूलाई भनिस् भने कुट्छु, मार्छु भन्दै डरधम्की देखाएर बलात्कार गर्ने गरेका उजुरीमा उल्लेख छ ।

नयाँ पत्रिकामा राजकुमार गोलेले खेखेका छन् ।

प्रतिक्रिया