Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
जिव्रो

शिक्षाशास्त्रको पढाई बन्द गरे हुन्छ तर...

सोमबार, ०५ कार्तिक २०७५

Mana Prasad Wagley

१. गएको ३ दशकमा १७ खर्ब खर्च गर्दा पनि सार्वजनिक शिक्षामा यसै साल मात्र १२ लाख विद्यार्थी घटे । शिक्षा मन्त्रालयको यो अक्षमता राखिराख्नु देश र जनताको हितमा छैन । त्यसैले शिक्षा मन्त्रालय नै बन्द गरिदिए टन्टै साफ । 

२. सार्वजनिक शिक्षालाई मागी खाने भाँडो बनाउने नेपाल सरकार र दाना घट्ने चिन्ताले सवै पास देखाउन लेटर ग्रेडिङ मार्फत दाताको चाकडी गर्ने र गुणस्तर ध्वस्त पार्ने रणनीति जवर्जस्ती लाद्ने शिक्षा मन्त्रीको पद खारेज गर।

३. स्थानीय तहमा विद्यालय शिक्षाको जिम्मेवारी गइसकेको वर्तमान समयमा पनि केन्द्रीय संरचना ठूलो बनाई शिक्षा ध्वस्त पार्ने अभियानमा जुटेको शिक्षा मन्त्रालय बन्द गर ।

४. विद्यालय अनुमति दिने तर शिक्षक नदिएर सार्वजनिक शिक्षाको हविगत बनाउने शिक्षा मन्त्रालय बन्द गर ।

५. आफ्ना कार्यकर्तालाई शिक्षक बनाउन १७ थरि शिक्षकको अवस्था सिर्जना गरी पार्टी कार्यालयमा भिड बढाउने दल सवै खारेज गर ।

६. भनसुनका आधारमा प्राध्यापक पद समेत प्रभावित पार्ने हरकत गर्ने कुलपति, सहकुलपति, दलका झोले उपकुलपति जस्ता सवै पद खारेज गर ।

७. पाठ्यक्रम निर्माण, सुपरीवेक्षण, निर्देशन र सल्लाह सेवा, मापन र मूल्याङ्कन, अनुसन्धान जस्तो देशको लागि आवश्यक जनशक्ति अरु कुनै शास्त्रबाट उत्पादन गरेका छौ भने खुलेआम आऊ, चुनौती नै ठान ।

८. यति गर्दा पनि सार्वजनिक शिक्षाको स्तर खस्केको देखिएमा शिक्षा शास्त्रको पढाई बन्द गर ।

प्रतिक्रिया