Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

स्रोत व्यक्ति र विनिको भूमिका : वैज्ञानिक मूल्याङ्कन प्रणालीको खाँचो

आइतबार, १८ कार्तिक २०७५

“शिक्षा”मा गुणस्तरीय विशेषण जोडेर भनिरहन आवश्यक छैन । तर पनि गुणस्तरीय शिक्षाको नाममा अन्तराष्ट्रिय रोजगार कम्पनीलाई निम्न स्तरको जनशक्ति उत्पादन गर्ने विदेशी भाषामा शिक्षणमा सिमित हाम्रो शिक्षाको बारेमा तयार आलेख केही समय अघि एडुखबरमा प्रकाशित भएको थियो । 

पढ्नुहोस् : गुणस्तरीय शिक्षाको पहिलो सर्त : शिक्षकलाई उत्प्रेरणा र स्रोतकेन्द्रको निरन्तरता 

उक्त आलेखमा मैले हाकिमले गल्ति गर्दा पियन पनि मुछिने र पियनको गल्तिमा हाकिम मुछिने परम्पराको अन्त्य हुनु पर्ने कुरा उठाएको थिएँ । हरेक निर्णयको जिम्मेवार व्यक्ति स्पष्ट किटान हुने तथा पुरस्कार र दण्डको भागिदार स्पष्ट पहिचानको आधार सहितको नीति अबको संघीय शिक्षा नीति हुनु पर्ने मेरो तर्क हो । 

उक्त विचारलाई व्यवहारमा कसरी लागु गर्ने भन्ने सम्बन्धमा यो आलेख तयार गरिएको हो । यसलाई उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले समूह (च) मा उठाएका शैक्षिक सुपेरिवेक्षण तथा निरिक्षण प्रभावकारी कसरी भन्ने ३१ देखि ३५ सम्मका प्रश्नहरूको उत्तर केन्द्रित बनाउने प्रयास पनि गरिएको छ । 

सुपेरिवेक्षण तथा निरिक्षणको प्रभावकारी साधन शिक्षक, प्रधानाध्यापक र स्रोतव्यक्तिको कार्य सम्पादन मूल्याङ्कन जति बैज्ञानिक हुनु पर्ने हो त्यति हुन सकेको छ जस्तो लागेन । शिक्षण पेशामा कर्तव्यनिष्ट र इमान्दार शिक्षकभन्दा पनि प्रधानाध्यापक, स्रोतव्यक्ति, विद्यालय निरिक्षक वा तात्कालिन जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय वरिपरि चक्कर लगाउनेहरूलाईबढुवा गर्न सहज बनाउन अङ्क प्रदान गर्ने आधार स्पष्ट नबनाएको हो कि भन्ने कौतुहलता ममा पहिले देखिनै थियो । यस लेख मार्फत त्यसै कार्य सम्पादन मूल्याङ्कनलाई सुधार गरी व्यवहारिक, बैज्ञानिक र पारदर्शी बनाउन मेरो शिक्षण क्षेत्रको करिब साढे तीन दशकको अनुभवमा आधारित रहेर कार्य सम्पादन मूल्याङ्कनको यो तरिका प्रस्तावित गर्ने हिम्मत गरेकोछु । यो मेरो व्यक्तिगत सुझाव भएकोले अझ बैज्ञानिक बनाउन थप सुझावको पनि अपेक्षा गरेकोछु ।

- हरेक शिक्षकले दैनिक पाठ योजना कक्षा शिक्षकलाई वा कक्षा शिक्षक बिदामा भए तह इन्चार्जलाई वा इन्चार्ज पनि बिदामा भए प्रधानाध्यापकलाई विद्यालयको प्रार्थना समयभन्दा १५ मिनेट अघि बुझाउनु पर्नेछ ।

हरेक कक्षा शिक्षकले दैनिक पाठयोजना बुझाएका शिक्षकको नामावली तथा विवरण (कमसेकम उक्त दिन पढाउने पाठ) इन्चार्जलाई वा ईन्चार्ज नभएमा प्रधानाध्यापकलाई प्रार्थना समयभन्दा १० मिनेट अघि बुझाउनु पर्नेछ ।

हरेक तह इन्चार्जले कक्षा शिक्षकले बुझाएको शिक्षकको नामावली तथा विवरण रूजु सहित यकिन गरी प्रधानाध्यापकलाई प्रार्थना समयभन्दा ५ मिनेट अघि बुझाउनु पर्नेछ ।

यस बापत विषय शिक्षकलाई समयमै बुझाएमा १ अङ्क, ढिला बुझाएमा ०.५ अङ्क र सो दिन नबुझाएमा ० अङ्क प्रधानाध्यापकले बुझाउन ल्याउने शिक्षक, कक्षा शिक्षक वा इन्चार्जकै रोहबरमादैनिक प्रदान गर्नेछ । जसको औशत अङ्क शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फाराममा अधिकत्तम १० अङ्कमा नबढ्ने गरीप्रधानाध्यापकले तह ईन्चार्जको रोहबरमा प्रदान गर्नेछ ।

यस व्यवस्थाले

  • शिक्षकलाई पाठयोजना सहित कक्षा शिक्षणका लागि प्रेरित गर्छ र शिक्षकले पाठयोजना नै नबनाइ कक्षामा जान्छ भन्ने अवस्थाबाट मुक्ति दिन्छ । हालसम्म सिध्दान्तमा सिमित पाठयोजना व्यवहारिक र प्रयोगमा आउँछ।
  • शिक्षकलाई कार्य सम्पादनको अङ्क प्रदान गर्न प्रधानाध्यापकलाई सहजता र स्पष्ट आधार दिन्छ। जथाभावी अङ्क दियो भन्ने आरोपबाट प्रधानाध्यापक मुक्त हुनुकासाथै पाठयोजना निर्माण गरी शिक्षण गर्नमा शिक्षक जिम्मेवार बन्छ।
  • शिक्षकलाई कार्य सम्पादनमा प्रदान गरिएको अङ्कको पारदर्शिता हुन्छ।
  • शिक्षण सिकाइमा शिक्षक, कक्षा शिक्षक, ईन्चार्ज र प्रधानाध्यापक बिच सहकार्यमा बढोत्तरी हुन्छ ।

- हरेक शिक्षकले प्रत्येक शैक्षिक वर्षको असोज मसान्त र चैत्र मसान्तमा विद्यार्थी मूल्याङ्नका आधारमा नतिजा विश्लेषण सहित अघिल्लो छ महिनाको लागि शिक्षण सिकाइ सुधार योजना र पछिल्लो छ महिनामा भएको सुधार योजनाको कार्यान्वयन प्रतिवेदन प्रधानाध्यापक वा प्रधानाध्यापक विदामा भए विद्यालय प्रशासनमा बुझाउनु पर्नेछ । यस बापत शिक्षकलाई समयमै बुझाएमा १ अङ्क, पछिल्लो हप्तामा बुझाएमा ०.५ अङ्क र सो अवधिमा पनि नबुझाएमा ० अङ्क स्रोतव्यक्तिले प्रदान गर्नेछ ।

यस व्यवस्थाले

  • प्रत्येक शिक्षकको शिक्षण सिकाइ सुधारयोजना सहितको शैक्षणिक योजना बन्छ।
  • शिक्षण सिकाइ निर्माणात्मक गतिविधिमा केन्द्रित बन्छ।
  • शिक्षकको पेसागत विकास कार्यक्रमको महत्वपूर्ण पक्ष प्रत्येक छ छ महिनामा शिक्षकले निर्माण गर्नु पर्ने शिक्षण सिकाइ सुधार योजनाको वास्तविक कार्यान्वयन हुन्छ।
  • शिक्षकको शैक्षिक गतिविधिमा सहयोग गर्ने कार्यमा स्रोतव्यक्ति बढि जिम्मेवार बन्छ ।
  • शिक्षण सिकाइमा सुधारमा शिक्षक, कक्षा शिक्षक, ईन्चार्ज र स्रोतव्यक्तिबिचको सहकार्यमा बढोत्तरी हुन्छ ।

- हरेक कक्षा शिक्षकले सम्बन्धित कक्षाको कक्षागत दलित/ जनजाती/ अपाङ्गता भएकाविद्यार्थीहरूको अध्यावधिक विवरण र प्रत्येक परीक्षाको प्राप्ताङ्कको लेजर परीक्षा सकेको सातदिन भित्र तयार गरी प्रधानाध्यापकलाई बुझाउनु पर्नेछ ।

हरेक इन्चार्जले सम्बन्धित तहको तहगत दलित/ जनजाती/ अपाङ्गता भएका विद्यार्थीहरूको अध्यावधिक विवरण र प्रत्येक परीक्षाको प्राप्ताङ्कको लेजर परीक्षा सकेको दश दिन भित्र तयार गरी प्रधानाध्यापकलाई बुझाउनु पर्नेछ ।

हरेक अतिरिक्त क्रियाकलापको संयोजकले सो दिन गरिने कार्यक्रमको विस्तृत विवरण र व्यवस्थापन सम्बन्धी विवरण प्रधानाध्यापकलाई प्रार्थना समयभन्दा ५ मिनेट अघि बुझाउनु पर्नेछ । साथै कार्यक्रम सम्पन्न भएको एक हप्ता भित्रमा विस्तृत विवरण (कार्यक्रममा सहयोग गर्ने शिक्षकको विवरण समावेश गरी) सहितको प्रतिवेदन प्रधानाध्यापकलाई बुझाउनु पर्नेछ ।

यस बापत कक्षा शिक्षक, ईन्चार्ज वा कार्यक्रम संयोजकलाई समयमै जिम्मेवारी पुरा गरेको पाएमा १ अङ्क, ढिला गरेको देखिएमा ०.५ अङ्क र सो अवधिमा नबुझाएको पाएमा ० अङ्क विद्यालय निरिक्षकलेविद्यालयको निरिक्षणको क्रममा प्रत्येक पटक प्रदान गर्नेछ। सो प्रदान गरेको अङ्कको औशत अङ्कको आधारमा विशेष जिम्मेवारी बापत शिक्षकले पाउने अङ्क १ अङ्कमा नबढ्ने गरीविद्यालय निरिक्षकले प्रदान गर्नेछ ।

यस व्यवस्थाले,

  • विद्यालयमा अध्यावधिक शैक्षिक तथ्याङ्कहरू दुरुस्त र पारदर्शी हुन्छ।
  • शैक्षिक तथ्याङ्क व्यवस्थापनमा शिक्षक, कक्षा शिक्षक, ईन्चार्ज र प्रधानाध्यापक जिम्मेवार बन्छ।
  • विद्यालयमा अतिरिक्त क्रियाकलाप व्यवस्थित हुन्छ।
  • अतिरिक्त क्रियाकलापको अभिलेख दुरुस्त र पारदर्शी हुन्छ।
  • विद्यार्थीहरूको चौतर्फी विकासको अवसरमा बढोत्तरी हुन्छ।
  • शैक्षिक तथ्याङ्क व्यवस्थापन, अतिरिक्त क्रियाकलाप व्यवस्थापनमा शिक्षक, कक्षा शिक्षक, ईन्चार्ज र प्रधानाध्यापक बिचको सहकार्यमा बढोत्तरी हुन्छ ।

- विद्यालय कर्मचारीहरूले दैनिकआ–आफ्नो जिम्मेवारीमा रहेकाकार्य सम्पन्न गरे बापतविद्यालयका शिक्षक, कक्षा शिक्षक, ईन्चार्ज र विद्यार्थीहरूको उक्त दिनको प्रतिक्रिया समेतको आधारमा अधिकत्तम १ अङ्क प्रधानाध्यापकले प्रदान गर्नेछ ।

विद्यालय प्रशासनमा काम गर्ने कर्मचारीको हकमा दैनिक कार्य प्रगतिको विवरण त्यहि दिन बुझाएमा १ अङ्क, दोस्रो दिनमा बुझाएमा ०.५ अङ्क र सो अवधिमा पनि नबुझाएमा ० अङ्क प्रधानाध्यापकले प्रदान गर्नेछ।

यसको औशत अङ्क विद्यालय कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनमा अधिकत्तम १० अङ्कमा नबढ्ने गरी प्रधानाध्यापकले प्रदान गर्नेछ।

यस व्यवस्थाले,

  • विद्यालय कर्मचारीको दैनिक कार्य सम्पादनमा चुस्तता ल्याउँछ।
  • विद्यालयको वातावरण सफा र स्वच्छ राख्न, सुरक्षित खानेपानी व्यवस्थापन गर्न, शौचालय व्यवस्थित राख्न, विद्यालय क्षेत्र सुरक्षित राख्न, प्रशासनिक अभिलेख अध्यावधि र पारदर्शी राख्न विद्यालय कर्मचारी थप जिम्मेवार बन्छ।
  • प्रधानाध्यापक, शिक्षक, कक्षा शिक्षक, ईन्चार्ज, विद्यार्थी र विद्यालय कर्मचारी बिच सम्बन्ध मजबुत बन्छ।

विद्यालय कर्मचारीलाई शिक्षकहरूको शिक्षण सिकाइमा समेत पुर्याएको सहयोगको आधारमा शिक्षकहरूको राय लिई स्रोतव्यक्तिले अधिकत्तम १ अङ्क प्रदान गर्नेछ ।

विद्यालय प्रशासनमा काम गर्ने कर्मचारीको हकमा प्रधानाध्यापकको राय लिई विद्यालय निरिक्षकले अधिकत्तम १ अङ्क प्रदान गर्नेछ ।

यस व्यवस्थाले,

विद्यालयको सुपेरिवेक्षण, निरिक्षण प्रणालीमा प्रधानाध्यापक, शिक्षक, कक्षा शिक्षक, ईन्चार्ज, विद्यार्थी र विद्यालय कर्मचारीको समेत भूमिका प्रभावकारी बन्छ ।

- प्रत्येक विद्यालयका प्रधानाध्यापकले प्रत्येक दिन इन्चार्ज र अतिरिक्त क्रियाकलापका संयोजकले पेश गरेका विवरणको आधारमा उक्त दिनसम्मअध्यापन गरिसकेका पाठहरू,शिक्षक/विद्यार्थी/कर्मचारीको औशत उपस्थिति विवरण, शैक्षिक वर्षको शुरू देखि विद्यालय खुलेको/पढाइ भएको/ अतिरिक्त क्रियाकलाप तथा कार्यक्रम गरेको जम्मा दिन, विद्यार्थी नतिजा विश्लेषण, विद्यालयमा भए गरेका कार्यक्रम र खर्चको विवरण अध्यावधि गर्नुपर्नेछ । साथै विद्यालयसँग सम्बन्धित भौतिक विवरण, आर्थिक विवरण र शिक्षक/कर्मचारीको बिदाको विवरण, विद्यालय छाड्ने र नयाँ भर्ना हुने विद्यार्थी विवरण, सिकाइ उपलब्धि सुधार योजना र सिकाइ उपलब्धि विवरण, कक्षागत दलित/जनजाति/छात्र/छात्रा/अपाङ्गता भएका विद्यार्थीहरूको विवरण, दलित/जनजाति/महिला/पुरूष/अपाङ्गता भएका विषयगत शिक्षकहरूको योग्यता र तालिम सहितको विवरण दुरूस्त राख्नुपर्नेछ ।

विद्यालय सुपेरिवेक्षणको क्रममा आउनेस्रोतव्यक्तिलाई अघिल्लो दिनसम्मको अद्यावधिक शैक्षिक विवरणहरू (प्रत्येक विषय शिक्षकले अध्यापन गरिसकेका पाठहरूको विवरण, शिक्षक/विद्यार्थीको औशत उपस्थिति विवरण, शैक्षिक वर्षको शुरू देखि विद्यालयमा पढाइ भएको जम्मा दिन, विद्यालय छाड्ने र नयाँ भर्ना हुने विद्यार्थी विवरण, सिकाइ उपलब्धि सुधार योजना र सिकाइ उपलब्धि विवरण,विद्यार्थी नतिजा विश्लेषण, शिक्षकहरूको योग्यता र तालिम सहितको अभिलेख, निरन्तर विद्यार्थी मूल्याङ्कन अभिलेख) प्रधानाध्यापकले पेश गर्नु पर्नेछ। यस बापत प्रधानाध्यापकलाई समयमै बुझाएमा १ अङ्क, कक्षा अवलोकन गरेको सात दिन भित्र बुझाएमा ०.५ अङ्क र सो अवधिमा पनि नबुझाएमा ० अङ्क प्रत्येक सुपेरिवेक्षणका क्रममा स्रोतव्यक्तिले प्रदान गर्नेछ ।यसको औशत अङ्क प्रधानाध्यापकको कार्य सम्पादन मूल्याङ्कनमा अधिकत्तम १ अङ्कमा नबढ्ने गरी स्रोतव्यक्तिले प्रदान गर्नेछ।

यस व्यवस्थाले,

  • विद्यालयमा भएका पठनपाठनको अभिलेख नियमित अध्यावधि हुन्छ।
  • शिक्षक/ विद्यार्थीको औशत उपस्थिति विवरण नियमित अध्यावधि हुन्छ।
  • विद्यालय छाड्ने र नयाँ भर्ना हुने विद्यार्थी विवरण नियमित अध्यावधि हुन्छ।
  • सिकाइ उपलब्धि सुधार योजनाको अभिलेख दुरूस्त हुन्छ।
  • शिक्षकहरूको योग्यता र तालिम सहितको अभिलेख दुरूस्त हुन्छ ।
  • विद्यार्थी नतिजा विश्लेषण सहित निरन्तर विदयार्थी मूल्याङ्कन अभिलेख दुरूस्त बन्छ।
  • विद्यालयको सुपेरिवेक्षणमा स्रोतव्यक्ति, प्रधानाध्यापक, शिक्षक, कक्षा शिक्षक, ईन्चार्ज, विद्यार्थी र विद्यालय कर्मचारीको समेत भूमिका प्रभावकारी बन्छ ।

- विद्यालय निरिक्षकले विद्यालय निरिक्षण गर्न आएको दिन अघिल्लो दिनसम्मको आर्थिक, भौतिक तथा प्रशासनिक विवरणहरू (शिक्षक/कर्मचारीको उपस्थिति तथा बिदाको विवरण, शैक्षिक वर्षको शुरू देखि विद्यालय खुलेको दिन, विद्यालयमा भए गरेका कार्यक्रम र खर्च सहितको आर्थिक गतिविधिको विवरण,विद्यालयको भौतिक अवस्थाको विवरण, विद्यालय छाड्ने र नयाँ भर्ना हुने विद्यार्थी विवरण, कक्षागत दलित/जनजाति/छात्र/छात्रा/अपाङ्गता भएका विद्यार्थी तथा शिक्षकहरूको विवरण पेश गर्नु पर्नेछ। यस बापत प्रधानाध्यापकलाई समयमै बुझाएमा १ अङ्क, कक्षा अवलोकन गरेको सात दिन भित्र बुझाएमा ०.५ अङ्क र सो अवधिमा पनि नबुझाएमा ० अङ्कविद्यालय निरिक्षकले प्रत्येक निरिक्षणका क्रममा प्रदान गर्नेछ । यसको औशत अङ्क प्रधानाध्यापकको कार्य सम्पादन मूल्याङ्कनमा अधिकत्तम १ अङ्कमा नबढ्ने गरी विद्यालय निरिक्षकले प्रदान गर्नेछ।

यस व्यवस्थाले,

  • विद्यालयगत शैक्षिक तथ्याङ्क अध्यावधि हुन्छ ।
  • विद्यालयको तथ्याङ्क व्यवस्थापनमा विद्यालय निरिक्षक, प्रधानाध्यापक, शिक्षक, कक्षा शिक्षक, ईन्चार्ज, विद्यार्थी र विद्यालय कर्मचारीको समेत भूमिका प्रभावकारी बन्छ 

प्रत्येक स्रोतव्यक्तिले महिनामा एक पटक कमसेकम १० ओटा फरक फरक विद्यालयका फरक फरक कक्षाका, फरक फरक विषयका शिक्षकहरूकाकक्षा अवलोकन गरी दिइएको पृष्ठपोषण र  प्रधानाध्यापकले बुझाएको अघिल्लो दिनसम्मको विवरण सङ्कलन गरी सो को स्रोतकेन्द्रगत विवरण स्थानीय शिक्षा अधिकारीलाईहरेक महिनाको मसान्तको दिनमा बुझाउनु पर्नेछ ।यस बापत स्थानीय शिक्षा अधिकारीले स्रोतव्यक्तिलाई समयमै बुझाएमा १ अङ्क, पछिल्लो महिनाको पहिलो हप्तामा बुझाएमा ०.५ अङ्क र पछिल्लो महिनाको पहिलो हप्तासम्ममा पनि नबुझाएमा ० अङ्क प्रदान गर्नेछ । यसको औशत अङ्क स्रोतव्यक्तिको कार्य सम्पादन मूल्याङ्कनमा अधिकत्तम १ अङ्कमा नबढ्ने गरी स्थानीय शिक्षा अधिकारीले प्रदान गर्नेछ।

यस व्यवस्थाले,

  • नियमित कक्षा अवलोकनमा स्रोतव्यक्ति थप जिम्मेवार बन्छ ।
  • शिक्षण सिकाइ सुधारमा कक्षा अवलोकन र तत्काल दिइने पृष्ठपोषण नियमित बन्छ।
  • स्रोतव्यक्तिले शैक्षणिक सुपेरिवेक्षणको दायित्व पूरा गरे नगरेको मापन हुन्छ।
  • स्रोतव्यक्ति शैक्षणिक सुपेरिवेक्षणमा थप जिम्मेवार बन्छ।
  • विद्यालयमा भएका शैक्षणिक गतिविधिको अभिलेख दुरूस्त बन्छ।
  • स्रोतव्यक्ति, प्रधानाध्यापक, ईन्चार्ज, कक्षा शिक्षक र शिक्षक बिच शैक्षणिक क्रियाकलाप सुधारका लागि सहकार्यको थप वातावरण बन्छ ।

 प्रत्येक स्रोतव्यक्तिले मासिक कक्षा अवलोकन कार्य योजना स्थानीय शिक्षा अधिकारीलाई हरेक अघिल्लो महिनाको मसान्तको दिनमा बुझाउनु पर्नेछ ।यस बापत स्थानीय शिक्षा अधिकारीले स्रोतव्यक्तिलाई समयमै बुझाएमा १ अङ्क, पछिल्लो महिनाको पहिलो हप्तामा बुझाएमा ०.५ अङ्क र पछिल्लो महिनाको पहिलो हप्तासम्ममा पनि नबुझाएमा ० अङ्क प्रदान गर्नेछ ।यसको औशत अङ्क स्रोतव्यक्तिको कार्य सम्पादन मूल्याङ्कनमा अधिकत्तम १ अङ्कमा नबढ्ने गरी स्थानीय शिक्षा अधिकारीले प्रदान गर्नेछ।

यस व्यवस्थाले,

  • नियमित कक्षा अवलोकनमा स्रोतव्यक्ति थप जिम्मेवार बन्छ ।
  • शिक्षण सिकाइ सुधारमा कक्षा अवलोकन र तत्काल दिइने पृष्ठपोषण नियमित बन्छ।
  • स्रोतव्यक्तिले शैक्षणिक सुपेरिवेक्षणको दायित्व पूरा गरे नगरेको मापन हुन्छ।
  • स्रोतव्यक्ति शैक्षणिक सुपेरिवेक्षणमा थप जिम्मेवार बन्छ।
  • स्थानीय तहस्तरमा शैक्षणिक गतिविधिको अभिलेख दुरूस्त बन्छ।
  • स्रोतव्यक्ति र स्थानीय शिक्षा अधिकारी बिच शैक्षणिक गतिविधिमा सुधारका लागि सहकार्यको थप वातावरण बन्छ।

 प्रत्येक विद्यालय निरिक्षकले महिनामा एक पटक कमसेकम १० ओटा फरक फरक विद्यालयका निरिक्षण गरी विद्यालयका तथ्याङ्कहरू कक्षागत विद्यार्थी विवरण, भौतिक विवरण, आर्थिक विवरण र  शिक्षक/विद्यार्थी/कर्मचारीको उपस्थिति तथा बिदाकोविवरण स्थानीय शिक्षा अधिकारीलाई हरेक महिनाको मसान्तको दिनमा बुझाउनु पर्ने छ ।यस बापत स्थानीय शिक्षा अधिकारीले विद्यालय निरिक्षकलाई समयमै बुझाएमा १ अङ्क, पछिल्लो महिनाको पहिलो हप्तामा बुझाएमा ०.५ अङ्क र पछिल्लो महिनाको पहिलो हप्तासम्ममा पनि नबुझाएमा ० अङ्क प्रदान गर्नेछ ।यसको औशत अङ्क विद्यालय निरिक्षकको कार्य सम्पादन मूल्याङ्कनमा निजामति कर्मचारीको कार्यसम्पादन नियमानुसार अधिकत्तम अङ्कमा नबढ्ने गरी स्थानीय शिक्षा अधिकारीले प्रदान गर्नेछ।

यस व्यवस्थाले,

  • नियमित विद्यालय निरिक्षणमा विद्यालय निरिक्षक थप जिम्मेवार बन्छ ।
  • विद्यालय निरिक्षकले विद्यालय निरिक्षणको दायित्व पूरा गरे नगरेको मापन हुन्छ।
  • विद्यालयमा शैक्षिक तथ्याङ्कको अभिलेख दुरूस्त बन्छ।
  • विद्यालयमा अतिरिक्त क्रियाकलापहरूको नियमितता हुन्छ।
  • विद्यालय निरिक्षक, प्रधानाध्यापक, ईन्चार्ज, कक्षा शिक्षक र अतिरिक्त क्रियाकलाप संयोजक बिच शैक्षिक तथ्याङ्क व्यवस्थापनका लागि सहकार्यको थप वातावरण बन्छ।

 प्रत्येक विद्यालय निरिक्षकले मासिक विद्यालय निरिक्षण कार्य योजना स्थानीय शिक्षा अधिकारीलाई हरेक अघिल्लो महिनाको मसान्तको दिनमा बुझाउनु पर्ने छ ।यस बापत स्थानीय शिक्षा अधिकारीले विद्यालय निरिक्षकलाई समयमै बुझाएमा १ अङ्क, पछिल्लो महिनाको पहिलो हप्तामा बुझाएमा ०.५ अङ्क र पछिल्लो महिनाको पहिलो हप्तासम्ममा पनि नबुझाएमा ० अङ्क प्रदान गर्नेछ ।यसको औशत अङ्क विद्यालय निरिक्षकको कार्य सम्पादन मूल्याङ्कनमा निजामति कर्मचारीको कार्यसम्पादन नियमानुसार अधिकत्तम अङ्कमा नबढ्ने गरी स्थानीय शिक्षा अधिकारीले प्रदान गर्नेछ।

यस व्यवस्थाले,

  • नियमित विद्यालय निरिक्षणमा विद्यालय निरिक्षक थप जिम्मेवार बन्छ ।
  • विद्यालय निरिक्षकले विद्यालय निरिक्षणको दायित्व पूरा गरे नगरेको मापन हुन्छ।
  • स्थानीय तहमा शैक्षिक तथ्याङ्कको अभिलेख दुरूस्त बन्छ।
  • विद्यालय तहमा सञ्चालन भएका अतिरिक्त क्रियाकलापहरूको अभिलेखिकरण हुन्छ।
  • स्थानीय शिक्षा अधिकारी र विद्यालय निरिक्षक बिच शैक्षिक तथ्याङ्क व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप व्यवस्थापनका लागि सहकार्यको थप वातावरण बन्छ।

 स्थानीय शिक्षा अधिकारीले स्थानीय तहका शैक्षिक तथ्याङ्क दुरूस्त राख्न स्रोतव्यक्ति र विद्यालय निरिक्षकको मासिक प्रतिवेदनका आधारमा समयमा विवरण बुझाएका विद्यालयलाई प्रोत्साहन र नबुझाएका विद्यालयहरूलाई सचेत गराउने, नसिहत दिने, अनुदान तथा तलब निकासा रोक्ने, विद्यालय बन्द गर्नेसम्मको कारबाही गर्नेछ ।स्रोतव्यक्ति र विद्यालय निरिक्षकले बुझाएका विवरणका आधारमा स्थानीय तहको शैक्षिक स्थिति प्रतिवेदन प्रकाशन गर्ने, कारबाही गर्ने र माथिल्लो निकायमा सम्प्रेषणका लागि स्थानीय शिक्षा अधिकारीको जिम्मेवार हुनेछ।

- शिक्षकलाई सिकाइ उपलब्धि बापत दिइने अङ्क विषयगत नभइकन शिक्षकले अध्यापन गर्ने विद्यालयको तहगत सिकाइ उपलब्धिलाई स्थानीयस्तरको तहगत औशत सिकाइ उपलब्धिले भाग गरी आएको अङ्कलाई २ ले गुणन गर्दा २अङ्कभन्दा नबढ्ने गरी प्रदान गर्नेछ।

यस व्यवस्थाले,

सिकाइ उपलब्धि बृध्दिका लागि शिक्षक थप जिम्मेवार बन्छ ।

- शिक्षकलाई तहगत विद्यार्थी सङ्ख्याको आधारमा दिइने अङ्क शिक्षकले अध्यापन गर्ने विद्यालयको तहगत विद्यार्थी सङ्ख्यालाई स्थानीयस्तरको औशत तहगत विद्यार्थी सङ्ख्याले भाग गरी आएको अङ्क १ अङ्कभन्दा नबढ्ने गरी प्रदान गर्नेछ।

यस व्यवस्थाले,

विद्यार्थी भर्ना र टिकाउमा शिक्षक पनि जिम्मेवार बन्छ ।

-  प्रधानाध्यापकलाई सिकाइ उपलब्धि बापत दिइने अङ्क विद्यालयगत सिकाइ उपलब्धिलाई स्थानीयस्तरको औशत सिकाइ उपलब्धिले भाग गरी आएको अङ्कलाई २ ले गुणन गर्दा २ अङ्कभन्दा नबढ्ने गरी प्रदान गर्नेछ।

यस व्यवस्थाले,

सिकाइ उपलब्धि बृध्दिका लागि शिक्षक थप जिम्मेवार बन्छ ।

- प्रधानाध्यापकलाई विद्यार्थी सङ्ख्याको आधारमा दिइने अङ्क विद्यालयको कुल विद्यार्थी सङ्ख्याले समान तहका विद्यालयहरूको स्थानीयस्तरको तहगत औशत विद्यार्थी सङ्ख्याले भाग गरी आएको अङ्क १ अङ्कभन्दा नबढ्ने गरी प्रदान गर्नेछ।

यस व्यवस्थाले,

विद्यार्थी भर्ना र टिकाउमा प्रधानाध्यापक थप जिम्मेवार बन्छ ।

-  प्रधानाध्यापकको कार्यसम्पादनको मूल्याङ्कन गर्दा स्थानीय शिक्षा अधिकारीले त्यस शैक्षिक वर्षको विद्यालय सुधार योजना कार्यान्वयन प्रतिवेदन सहित अध्यावधि गरी पेश गरे बापत अधिकत्तम २ अङ्क, स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेमा अधिकत्तम २ अङ्क, सामाजिक परिक्षण गरी प्रतिवेदन पेश गरेबापत अधिकत्तम २ अङ्क, शिक्षकको माग फारामनियमानुसार शिक्षकको पाउने समयमा र नियमानुसार पेश गरे बापत अधिकत्तम १ अङ्क, शिक्षकको संचित बिरामी बिदा र औशत उपस्थितिको अभिलेख अध्यावधि गरी राखे बापत अधिकत्तम १ अङ्क, IEMIS समय अध्यावधि गरे बापत अधिकत्तम १ अङ्क र स्थानीय शिक्षा शाखा त्यस शैक्षिक वर्ष जारी गरेका सूचना तथा निर्देशनहरू समयमै कार्यान्वयन गरे बापत अधिकत्तम १ अङ्क गरी अधिकत्तम १० अङ्कस्थानीय शिक्षा अधिकारीले प्रदान गर्नेछ । 

यस व्यवस्थाले,

  • विद्यालय सुधार योजना कार्यान्वयनमा प्रभावकारिता बृध्दि र हरेक वर्ष समयमै अद्यावधि हुन्छ ।
  • सामाजिक परिक्षण मार्फत हरेक वर्ष विद्यालयका सम्पूर्ण गतिविधि पारदर्शी बन्छ र विद्यालय प्रति समुदायको अपनत्वमा बृध्दि हुन्छ।
  • स्थानीय तहमा वार्षिक कार्यक्रम तथा बजेट निर्माणमा सहज बन्छ।
  • हरेक वर्ष IEMIS समयमै अध्यावधि हुन्छ।
  • हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्ने नीति कार्यान्वयन हुन्छ।
  • हरेक वर्ष शिक्षकको संचित बिरामी बिदाको अभिलेख समयमै अद्यावधि हुन्छ।
  • स्थानीय शिक्षा अधिकारी, विद्यालय निरिक्षक, स्रोतव्यक्ति र प्रधानाध्यापक बिच सहकार्यमा बढोत्तरी हुन्छ।

 स्रोतव्यक्तिलाई सिकाइ उपलब्धि बापत दिइने अङ्क स्रोतकेन्द्रगत सिकाइ उपलब्धिलाई स्थानीयस्तरको औशत सिकाइ उपलब्धिले भाग गरी आएको अङ्कलाई २ ले गुणन गर्दा २ अङ्कभन्दा नबढ्ने गरीस्थानीय शिक्षा अधिकारीले प्रदान गर्नेछ।

यस व्यवस्थाले,

सिकाइ उपलब्धि बृध्दिका लागि स्रोतव्यक्ति पनि जिम्मेवार बन्छ ।

- स्रोतव्यक्तिलाई विद्यार्थी सङ्ख्याको आधारमा दिइने अङ्क स्रोतकेन्द्र क्षेत्रभित्रका विद्यालयहरूमा अध्ययन गर्ने कुल विद्यार्थी संङ्ख्यालाई त्यस क्षेत्रको कुल विद्यालय जाने उमेरका बालबालिकाको सङ्ख्याले भाग गरी आएको अङ्क १ अङ्कभन्दा नबढ्ने गरीस्थानीय शिक्षा अधिकारीले प्रदान गर्नेछ।

यस व्यवस्थाले,

विद्यार्थी भर्ना र टिकाउमा स्रोतव्यक्ति पनि जिम्मेवार बन्छ ।

-  स्रोतव्यक्तिलाई स्रोतकेन्द्रगत सिकाइ उपलब्धि सुधार योजना प्रकाशन गरी शैक्षिक प्रवर्तनात्मक कार्य गरे बापत अधिकत्तक १ अङ्क स्थानीय शिक्षा अधिकारीले प्रदान गर्नेछ।

यस व्यवस्थाले,

स्रोतव्यक्तिलाई स्रोतकेन्द्रस्तरको सिकाइ उपलब्धि सुधारका प्रवर्तनात्मक कार्य सञ्चालन गर्न थप जिम्मेवार बन्छ ।

यस प्रस्तावित व्यवस्थामा शिक्षक भन्दा प्रधानाध्यापक माथिल्लो तह तथा श्रेणीको, प्रधानाध्यापक भन्दा स्रोतव्यक्ति र विद्यालय निरिक्षक माथिल्लो तह तथा श्रेणीको र स्रोतव्यक्ति भन्दा स्थानीय तहको शिक्षा अधिकारी माथिल्लो तह तथा श्रेणीको अनिवार्य व्यवस्था सहितको कल्पना गरिएको छ । अन्यथा बरियताक्रममा फरक पर्ने बितिकै अनुगमन र सुपेरिवेक्षण प्रभावहिन बन्छ।

अन्तमा,

यस समूहका प्रश्नहरूमा उल्लेँख गरे अनुसार विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिबाट अनुगमन र सुपेरिवेक्षणको आशा राख्नु गलत र शिक्षामा दुर्घटना निम्त्याउने  कारण बन्न सक्छ । शैक्षणिक सुपेरिवेक्षण भनेको को समयमा आयो ?  को आएन ?  हेर्ने र शिक्षकको हाजिर कापीमा रातो लगाउने अर्थमा लिनु हुदैन। यो जटिल प्रक्रिया हो र तालिम प्राप्त स्रोत व्यक्ति (अनुभवी शिक्षक) बाट मात्र सम्भव हुन्छ। 

स्रोतव्यक्ति, प्रधानाध्यापक र शिक्षकले कार्यसम्पादन मूल्याङ्कन गर्दाका अङ्क प्रदान गर्ने आधार सहितको तालिका र अनुगमन तथा सुपेरिवेक्षणको तहगत संरचनालाई तल प्रस्तुत गरेको छु।

पुनश्च: यहाँ सेवा अवधि, योग्यता र तालिमका आधारमा दिइने अङ्क हाल व्यवस्था भए अनुसार नै रहने र विद्यालय निरिक्षकको निजामति कर्मचारी नियमावली अनुसार तथा विद्यालय कर्मचारीको सम्बन्धमा हालसम्म स्थायी र बढुवाको व्यवस्था नभएकोले विस्तृत रूपमा उल्लेख गर्न आवश्यक देखिएन ।

(महर्जन पाटन अगुवा स्रोतकेन्द्रका स्रोतव्यक्ति  हुन्)
[email protected]

प्रतिक्रिया