Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

हेडसरकै प्रमाणपत्र नक्कली !

आइतबार, १८ कार्तिक २०७५

काठमाडौं - युगज्योती माध्यमिक विद्यालय, देवदह, रुपन्देहीका प्रधानाध्यापक शिव प्रसाद ढुङ्गानाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । ढुङ्गानाको प्रमाणपत्र छानबिन गरी आवश्यक कारवाही गरिपाउँ भन्ने व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उनीसँग भएको प्रमाणपत्र नक्कली भएको फेला परेको अख्तियारको दावी छ । 

ढुङ्गानाले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट प्राप्त गरेको इन्टरमिडियट आईए तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली फेला परेको हो । नक्कली प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिइ बढुवा समेत भई सरकारी लाभ तथा सुविधा समेत लिएको देखिन आएको हुँदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको देखिन आएको भन्दै अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् । 

 

प्रतिक्रिया