Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, प्रहरी माथि नै मुद्धा

सोमबार, १९ कार्तिक २०७५

काठमाडौं - नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक विरुद्ध मुद्धा दायर गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँका प्रहरी नायव निरीक्षक निरबहादुर अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको ठहर सहित अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । अधिकारीको प्रमाणपत्र नक्कली भएको उजुरी परेका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

उनले बढुवा हुने प्रयोजनको लागि बिहार संस्कृत शिक्षा बोर्ड पटना, भारतबाट प्राप्त गरेको मध्यमा तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको फेला परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् । अधिकारीले उक्त प्रमाणपत्र प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुने प्रयोजनमा पेश गरेका थिए । नक्कली प्रमाणपत्रका आधारमा बढुवा भई सरकारी लाभ तथा सुविधा समेत लिएको देखिन आएकोले उनको उक्त कार्य भ्रष्टाचार भएको अख्तियारको दावी छ । 

 

प्रतिक्रिया