Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षाका कर्मचारी घुस सहित पक्राउ !

सोमबार, १९ कार्तिक २०७५

काठमाडौं - पाठ्यक्रम विकास केन्द्र भक्तपुर सानोठिमीका लेखापाल गुणराज दाहाललाई घुस लिएको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । उनलाई काठमाडौं महानगरपालिका वडा नं. ५ गहना पोखरीस्थित भाञ्जा क्याफे अगाडिबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

दाहालले राष्ट्रिय बहिरा महासंघ नेपालबाट २५ हजार घुस लिएको अख्तियारको अभियोग छ । कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामाग्रीको  डि.भि.डी तयार गर्ने महासंघसँग भएको सम्झौता अनुसार भुक्तानी गर्ने क्रममा उक्त घुस रकम माग गरेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई पक्रेको जनाईएको छ । सम्झौता अनुसार बिल भुक्तानि माग गर्दा जम्मा भएको रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणको लागि आवश्यक पर्ने दाहालले तर्क गरेका अख्तियारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फाईल फोटो

प्रतिक्रिया