Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

प्रवेश परीक्षाको मिति तोकिएसँगै फेरी आन्दोलन

बुधबार, २८ कार्तिक २०७५

चितवन - निजी कलेजलाई दिइएको सम्बन्धनको विरोध गर्दै शुरु कृषि तथा वन विज्ञान विश्वविद्यालयको आन्दोलन फेरी चर्केको छ । मंगलबार साँझ विद्यार्थीले विश्वविद्यालयमा आगजनी गरेका छन् । ताल्चा फोडेर पसेका विद्यार्थीले लगाएको आगोका कारण परीक्षा नियन्त्रण कार्यालयमा धेरै क्षती पुगेको जनाईएको छ । विश्वविद्यालय सुरक्षाकर्मीले प्रहरीको सहयोगमा आगो निभाएका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले केही विद्यार्थीलाई पक्रेको जनाएको छ । 

यस अघि सम्बन्धन दिएका निजी कलेजहरुलाई सम्बन्धन नदिने सरकारको निर्णय पछि सर्वोच्च अदालतमा परेको रिटलाई आधार देखाएर विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया सुरु गरे पछि प्रध्यापक र विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका थिए ।  

गएको असार २० गते विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले कृषिमा सात र वन विषयमा एक निजी क्याम्पसलाई सम्वन्धन दिने निर्णय गरेको थियो । उक्त निर्णय मन्त्री परिषद्को साउन १४ गते बसेको बैठकले खारेज गरे पनि निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । रिटको सुनुवाई गर्दै अदालतले उक्त निर्णय कार्यन्वयन नगराउन गत असोज ९ गते अन्तरिम आदेश गरेको छ । उक्त रिटको अन्तिम आदेश बाँकी नै छ । मुद्धाको पेशी आगामी पुस २६ गतेलाई तोकिएको छ । अदालतको अन्तरिम आदेशले भर्नाको प्रकृया शुरु गर्न बाटो खोलेको तर्क दिदैं विश्वविद्यालयले कात्तिक २० गते स्नातक तहको भर्ना प्रक्रिया सुरु गर्ने सूचना जारी गरेको थियो । 

उक्त निर्णय अनुसार वनको मंसिर २२ र कृषिको मंसिर २९ गते प्रवेश परीक्षा तोकिएको छ । सर्वोच्चको आदेश र विश्वविद्यालयले भर्ना लिनसक्ने भन्दैं आन्दोलनरत विद्यार्थी संगठनहरुले गत भदौं २६ गते देखि नै विश्वविद्यालयमा तालावन्दी गर्दै आएका थिए । 

मेडिकल र इञ्जिनियरिङ्मा सफल नभए पछि ’मफिया’ले कृषि शिक्षा ताकेको भन्दै विश्वविद्यालयका प्राध्यापकहरुले समेत विरोध गर्दै आएका थिए । 

पढ्नुहोस् : 'माफिया'बाट जोगाउन हारगुहार !

विद्यार्थी प्राध्यापकहरुको उक्त विरोधकै कारण शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीपरिषद्बाटै सम्बन्धनका सबै प्रकृया रोक्ने निर्णय गराएका थिए । 

विश्वविद्यालयले दिने सम्बन्धनमा रोक, कृषिको आठ सम्बन्धन खारेज

प्रतिक्रिया