Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई एकै ठाउँमा सबै जानकारी

सोमबार, ०३ मंसिर २०७५

काठमाडौं - अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै दुई दिने शैक्षिक मेला आयोजना हुँदै छ । मंसिर ६ र ७ गते होटल अन्नपूर्णमा हुने “चौथो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७५” मा अष्ट्रेलिया स्थित विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधि र नेपाल स्थित विभिन्न परामर्शदातृ संस्थाहरु गरी ३० वटा भन्दा बढी संस्थाहरु सहभागी हुने छन् ।

अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई त्यहाँको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृति लगायतका आवश्यक विषयमा एकै ठाउँबाट पर्याप्त जानकारी दिने उदेश्यले मेला आयोजना गरिएको आयोजक संस्था वान अपका प्रमुख कार्यकारी अधिकृत रवी शंकर झाले जानकारी दिए । मेलामा अष्ट्रेलिया स्थित विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट छात्रवृती सम्बन्धी जानकारी, आईएलटीएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउसिल्लिङलाई प्रमुखताका साथ जानकारी गराइने उनले बताए ।

सिड्नी सिटी कलेज अफ म्यानेजमेण्ट अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको मेलामा  विद्यार्थीले अष्ट्रेलियाका उत्कृष्ट कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउन सक्ने जनाईएको छ । मेलामा सहभागि हुने विद्यार्थीलाई विभिन्न छात्रवृत्तिको अवसर प्रदान गरिएको आयोजक संस्थाका प्रवन्धक भोला पोखरेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया