Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

पूर्व शिक्षा सचिव एवं वाणिज्य शिक्षाका अगुवा श्रेष्ठको निधन

मंगलबार, ०४ मंसिर २०७५

काठमाडौं - पूर्व शिक्षा सचिव एवं वाणिज्य शिक्षाका अगुवा ईश्वरलाल श्रेष्ठको निधन भएको छ । शंकरदेव क्याम्पसको स्थापनामा सकृय श्रेष्ठ शिक्षाविद्का रुपमा समेत परिचित थिए । उनको गएराति ८९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको परिवारले जनाएको छ । 

सरकारी सेवामा रहँदा उनले शिक्षा सहित उद्योग तथा वाणिज्य र पर्यटन मन्त्रालयमा सचिवको रुपमा कार्य गरेका थिए । तीन दशक अघि उनी पर्यटन सचिव रहेका बेला नेपालमा बोइङ विमान भित्रिएको थियो । नेपाल वायु सेवा निगमनको अहिलेको अवस्था सम्मको यात्रामा उनको योगदान ठूलो मानिन्छ । 

श्रेष्ठका श्रीमती सहित १ छोरा र १ छोरी छन् । छोरा डा. प्रकाश श्रेष्ठ लामो समयदेखि आयरल्याण्डमा चिकित्सा सेवामा संलग्न छन् भने छोरी सुनिता श्रेष्ठ शिक्षण सेवामा संलग्न छिन् ।

 

प्रतिक्रिया