Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको नतिजा 'कन्तविजोग', 'गोल्डेन ह्याण्डसेक' लिनेको संख्या बढ्ने संकेत

सोमबार, १० मंसिर २०७५

भक्तपुर - शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकको परीक्षाको प्रारम्भिक नतिजा हेर्दा 'कन्तविजोग' देखिएको छ । सोमबार सार्वजनिक निमावि तह अन्र्तगत सबै क्षेत्रको गणित विज्ञान तथा पूर्वाञ्चल र मध्यमाञ्चलको गणितको नतिजा अनुसार कतिपय विषयमा नतिजा निल आएको छ । विज्ञापन भएको पदमा आवश्यकता अनुसार परीक्षामै सहभागी नभएको र भए पनि अन्र्तवार्ताका लागि छनौट हुन नसकेको नतिजा सार्वजनिक भएको छ । आयोगले सार्वजनिक गरेको उक्त नतिजामा परीक्षामा सहभागी नहुनाका कारण उल्लेख नभए पनि कतिपय विषयमा आवश्यक पद भन्दा कम संख्यामा परीक्षामा सहभागी भएको उल्लेख गरिएको छ ।

निमावि गणित विज्ञान विषय अन्र्तगत पश्चिमाञ्चलको विज्ञापन नम्बर २०१ मा १ जना पनि अन्र्तवार्ताका लागि छनौट हुन सकेनन् । २ पदका लागि खुलेको आयोगमा परीक्षामा १ जना सहभागी भए पनि छनौट हुन नसकेको नतिजा सार्वजनिक भएको छ । यस्तै मध्यपश्चिमाञ्चलमा सोही विज्ञापनको २०१ मा एउटा पदका लागि भएको विज्ञापनमा परीक्षामा सहभागी १ जना भए पनि उत्तीर्ण हुन सकेनन् । सोही विषयको सुदुर पश्चिमाञ्चलका लागि भएको २ पदका लागि खुलेको आयोगमा १ जना सहभागी भए पनि अन्र्तवार्ताका लागि छनौट हुन सकेनन् ।

नतिजा अनुसार मध्यमाञ्चलको निमावि गणित अन्र्तगत विज्ञापन नम्बर २०२ मा ८१ पद संख्या माग भएकोमा परीक्षामा ५१ जना सहभागी भएका र उत्तीर्ण परीक्षार्थीको संख्या ३८ जना मात्रै रहेको छ । यस्तै सोही विषय र क्षेत्र अन्र्तगत विज्ञापन नम्बर ३०३ मा माग पद संख्या ६६ रहेकोमा परीक्षामा १ सय १४ जना सम्मिलित भएका थिए भने उत्तीर्ण परीक्षार्थीको संख्या ८० मात्रै रहेको छ । यस्तै विज्ञापन नम्बर २०१ मा माग पद संख्या ५ भएकोमा परीक्षामा एक जना मात्रै सहभागी भएका थिए तीनै उत्तीर्ण भएका छन् ।

यस्तै पूर्वाञ्चलमा निम्न माध्यमिक गणित अन्र्तगत विज्ञापन नम्बर २०२ मा माग पद संख्या ६७ भएकोमा परीक्षामा ४८ जना मात्रै सहभागी थिए भने उत्तीर्णको संख्या ३२ मात्रै छ ।

यस्तै सोही विषय र क्षेत्र अन्र्तगत विज्ञापन नम्बर ३०३ मा ३७ माग पद भएकोमा परीक्षामा सहभागी ७५ जना र उत्तीर्णको संख्या ४६ रहेको छ । विज्ञापन नम्बर २०१ मा ८ पद माग भएकोमा एक जना सहभागी उत्तीर्ण भएका छन् ।

निमावि गणित विज्ञान विषय अन्र्तगत विज्ञापन नम्बर २०२ मा ३१ पदका लागि भएको विज्ञापनमा १० जना मात्रै परीक्षामा सामेल भएका र ती मध्ये १ जना मात्रै उत्तीर्ण भएका छन्  । सोही क्षेत्रको विज्ञापन नम्बर २०३ मा माग पद संख्या १८ रहेकोमा परीक्षामा २१ जना सहभागी भएको र तीन जनाले मात्रै पास गरेका छन् ।

यस्तै मध्यमाञ्चलकै विज्ञापन नम्बर २०२ मा ३० जनाका लागि आयोग खुलेकोमा परीक्षाम ११ जना सहभागी र २ जना मात्रै उत्तिर्ण भएका छन् । सोही विषयमा मध्यमाञ्चलकै विज्ञापन नम्बर २०३ मा १६ जना आवश्यक भएकोमा ११ जना परीक्षाम सहभागी भएका र ६ जना मात्रै पास भएका छन् ।

पश्चिमाञ्चलको विज्ञापन नम्बर २०२ मा ११ जना चाहिएकोमा परीक्षाम ३ जना सहभागी भएको र२ जना मात्रै उत्तिर्ण भएका छन् । विज्ञापन नम्बर २०३ मा भने ९ जना चाहिएकोमा २२ जना परीक्षामा सहभागी भएको र १२ जना उत्तीर्ण भएका छन् । यस्तै मध्यपश्चिमाञ्चलमा विज्ञापन नम्बर २०२ मा २६ जनाको आयोग खुले पनि परीक्षामा ६ जना र अन्र्तवार्ताका लागि ४ जना मात्रै छनौट भएका छन् । यस्तै विज्ञापन नम्बर २०३ मा ७ पदका लागि १० जनाले परीक्षा दिए पनि अन्र्तवार्ताका लागि ४ जना मात्रै उत्तीर्ण भएका छन् ।

सुदुर पश्चिमाञ्चलका लागि भएको विज्ञापन नम्बर २०२ का लागि भएको सोही क्षेत्रको परीक्षाका लागि १५ पदमा परीक्षामा १२ जना सहभागी भएकोमा ६ जना मात्रै अन्र्तवार्ताका लागि छनौट भएका छन् । सोही क्षेत्रको सोही विषका लागि भएको विज्ञापन नम्बर २०३ का लागि भएको परीक्षामा ८ पदका लागि २० जना लिखित परीक्षााम सहभागी भएका र आडै जना अन्र्तवार्ताका लागि छनौट भएका आयोगले जनाएको छ ।

आवश्यकता भन्दा कम शिक्षक अन्र्तवार्ताका लागि छनौट हुनु भनेको गोल्डेन ह्याण्डसेक लिनेको संख्या बढ्नु हो । परीक्षाम अनुत्तीर्ण यस्ता अस्थायी शिक्षकलाई उपलब्ध गराउने रकमको शिक्षा मन्त्रालयले अहिले सम्म ब्यवस्थापन गरेको छैन । नतिजाको प्रारम्भिक संकेतले धेरै रकम चाहिने देखिएको छ । यद्यपी सबै विषयको नतिजा सार्वजनिक भए पछि यो विषय थप स्पष्ट हुने छ ।

तर आवश्यक संख्या समेत अन्र्तवार्ताका लागि छनौट हुन नसक्नुले अस्थायी शिक्षकहरु पढाउन सक्षम छैनन् भन्ने आलोचनालाई बल दिएको छ ।

अधिकाँश अस्थायी शिक्षक 'राजनीतिक पहुँच' का भरमा शिक्षक भएका र उनीहरुले राम्रो नपढाउने भन्दै जतिसक्दो चाँडो विदाई गर्न आवश्यक रहेको विश्लेषण हुँदै आएको थियो । सोअी अनुसार शिक्षा ऐनको आठौं संशोधनले अस्थायी शिक्षकलाई विदाई गर्ने नीति अख्तियार गरेको थियो । त्यसले तय गरेको दायरामा परिवर्तन गरी भएको ऐनको नवौं संशोधनको विरोध गर्नु सान्दर्भिक भएको पनि प्रारम्भिक नतिजाले पुष्टि गरेको छ । 

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए । जसमा  प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए । निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् । यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया