Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षक सेवा आयोगले सच्यायो नतिजा, ३२ को साटो ५२

आइतबार, १६ मंसिर २०७५

भक्तपुर - अस्थायी शिक्षकको नतिजामा भएको त्रुटि शिक्षक सेवा आयोगले सच्याएको छ । शनिबार प्रकाशित माध्यमिक तहको विज्ञान विषय अन्र्तगत विज्ञापन नम्बर ३०२ को पश्चिमाञ्चल क्षेत्रमा लिखित परीक्षमा सहभागी भन्दा अन्तर्वार्ताका लागि छनौट भएको संख्या धेरै राखेर आयोगले नतिजा सार्वजनिक गरेको थियो । 

उक्त नतिजामा लिखित परीक्षामा ३२ जना सहभागी भएको र अन्तर्वार्ताका लागि ३३ जना छनौट भएको सार्वजनिक गरिएको थियो । ५७ पदका लागि भएको उक्त विज्ञापनको नतिजामा लिखित परीक्षामा सहभागीको संख्या ३२ लाई सच्याएर आयोगले ५२ बनाएको छ ।  

उक्त नतिजा सार्वजनिक भए पश्चात सामाजिक सञ्जालमा आयोगको कार्य प्रति शंका ब्यक्त गर्दै ब्यापक अलोचना गरिएको थियो । कतिपयले त उक्त कार्यलाई नतिजामा गरिएको लापरवाहीको संज्ञा दिदैं सामाजिक सञ्जाल मार्फत् नै आयोगका अध्यक्ष सहित पदाधिकारीले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने माग समेत गरेका थिए । 

तर आयोगले आफ्नै वेवसाईट मार्फत् जारी सूचनामा 'उक्त नतिजामा परीक्षामा सम्मिलित संख्या ५२ हुनुपर्नेमा अन्यथा भएकोले सच्याएको' जनाएको छ । 

'यस आयोगबाट मिति २०७५/०८/१५ गते प्रकाशित पश्चिमाञ्चल विज्ञान विषयको  वि.नं. ३०२/०७३ को परीक्षामा सम्मिलित संख्या ५२ हुनुपर्नेमा अन्यथा भएकोले सो विवरण आयोगको अभिलेख अनुसार सच्याइएको व्यहोरा सम्बन्धित सवैमा जानकारीका लागि अनुरोध छ' उक्त सूचनामा भनिएको छ । 

प्रतिक्रिया