Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

शिक्षा आयोगको म्याद ३७ दिन थप, अन्तिम दिन पुस २४

मंगलबार, १८ मंसिर २०७५

काठमाडौं - सरकारले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको म्याद ३७ दिन थपेको छ । गत आईतबार अर्थात् मंसिर १६ सम्म रहेको आयोगको ४ महिने म्याद सकिनु अघि गत १० गते बसेको मन्त्रीपरिषद् बैठकबाट उक्त निर्णय भएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको सचिवालय श्रोतले जनाएको छ ।  

'मन्त्री ज्यू अष्ट्रियाको भियनामा आयोजित विज्ञान सम्बन्धि सम्मेलनमा भाग लिन जानु अघिको मन्त्री परिषद्बाट आयोगको म्याद थपको निर्णय भएको हो' उक्त श्रोतले भन्यो, 'अब गर्ने कामको बारेमा तय गर्न आजै आयोगको बैठक बस्दै छ ।'

अब आयोगले पुस २४ गते भित्र प्रतिवेदन बुझाउनु पर्ने छ । 

देशको संरचना परिवर्तन भएसँगै आवश्यक शिक्षाका नीति तय गर्न मन्त्री पोखरेलको अध्यक्षतामा आयोग गठन गरिएका हो । 

यस बीचमा आयोगका सदस्यहरु सम्मिलित छुट्टा छुट्टै टोली प्रदेश स्तरीय छलफल सकेर काठमाडौं फर्केको छ ।  उक्त सुझावहरु सहित  प्रतिवेदन लेखनको काम हुरु हुने आयोग श्रोतको भनाई छ । 

खास गरी शिक्षामा नीजि लगानी र शिक्षक ब्यवस्थापन लगायतका मुलभूत पक्षका सन्दर्भमा आयोगले अहिले सम्म बटमलाईन बनाउन नसकेको भन्दै आयोग भित्र असन्तुष्टि शुरु भएको श्रोतले जनाएको छ । 

प्रतिक्रिया