Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

पत्रपत्रिकामा शिक्षा आयोगले प्रतिवेदन बुझाएको खबर

बुधबार, ०२ माघ २०७५

काठमाडौं २ माघ / उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको विषयमा आज काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले फरक फरक तरिकाले खबर छापेका छन् । 

उच्च स्तरीय शिक्षा आयोगको प्रदिवेदन प्रधानमन्त्रीलाई बुझाइयो, प्रतिवेदन भने अझै गोप्य शिर्षकमा नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओलीले प्रतिवेदनको अंश कति चुहिन्छन थाहा छैन तर अध्ययन गरेर सरकारले ग्रहण गर्ने बताएको उक्त खबरमा उल्लेख छ ।

यस्तै नयाँ पत्रिकामा प्रधानमन्त्री ओलीले निजी विद्यालयहरू आफैँ भाग्ने अवस्था निम्तने दाबी गरेको भन्दै ओलीले सार्वजनिक विद्यालयहरूको स्तरवृद्धि भएपछि निजी विद्यालयहरू आफैँ भाग्ने बताएको खबरमा उल्लेख छ ।  

‘सामुदायिक विद्यालयको शैक्षिक गणस्तर वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैँ घट्छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरू महँगा निजी विद्यालयमा जाँदैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिबन्ध लगाउने पक्षमा छैन । तर, विद्यार्थी नै नभएपछि निजी विद्यालय कसरी टिक्छन् र ?’

यस्तै गोरखापत्रमा उक्त खबरलाई सामुदायिक विद्यालयको गुणस्तर निजी सरह पुर्याईने शिर्षकमा प्रकृति अधिकारीले खबर लेखेका छन् ।

यो पनि पढ्नुहोस् : शिक्षा आयोगको प्रतिवेदन सिफारिस मात्रै, निजीलाई प्रतिवन्ध हुँदैन : प्रधानमन्त्री

प्रतिक्रिया