Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

पत्रपत्रिकामा सत्याग्रही केसीको अवस्था र विपक्षी दलद्वारा सरकारलाई गम्भिर हुन आग्रह

विहीबार, ०३ माघ २०७५

काठमाडौं ३ माघ / काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले चिकित्सा शिक्षाका बेथिती विरुद्ध सत्याग्रहमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्यअवस्था जटल बन्दै गएको विषयका खबरलाई प्राथमिकतामा छापेका छन् । उनको स्वास्थ्यमा हेरचाह गर्न विशेषज्ञ चिकित्सकको टोली इलाम गएको देखि प्रमुख विपक्षी दल नेपाली  काँग्रेसले उनका मागमा गम्भिर हुन सरकारसँग गरेको माग पत्रपत्रिकामा प्रकाशित छन् ।
नयाँ पत्रिकामा डा. केसीको उपचारमा विशेषज्ञ इलाममा शिर्षकमा सरोज शर्माले लेखेको खबर प्रकाशित छ ।

इलामबाट लेखिएको उक्त खबर अनुसार आठ दिनदेखि अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको टोली इलाम आएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ चिकित्सकसहितको टोली इलाम आएको हो । टोलीमा प्रतिष्ठानका सहायक निर्देशक विकास शाह, मुटुरोग विशेषज्ञ डा। प्रशान्त साह, जनरल फिजिसियन डा। अजय यादव, एनेस्थेसिस्ट डा। सविन भण्डारी, ल्याब पर्सन जितेन्द्र यादव र आइसियू नर्स निर्मला बस्नेत रहेको डा। केसीका सहयोगी धर्म  गौतमले बताए ।

इलाम अस्पतालमा राखिएका केसीलाई मंगलबारदेखि नै सुईबाट एन्टिबायोटिक औषधि दिन सुरु गरिएको थियो । गत सोमबार बिहान फूलगाछीस्थित अनशनस्थलबाट केसीलाई इलाम अस्पताल लगिएको थियो । तर, उनको स्वास्थ्य अवस्था खतराउन्मुख भएको भन्दै इलाम अस्पतालका चिकित्सकले आइसियूलगायत सुविधा भएको अस्पतालमा लैजानुपर्ने सुझाब दिएका थिए । तर, केसी अन्यत्र जान नमानेपछि धरानबाट विशेषज्ञ चिकित्सकको टोली आवश्यक तयारीसाथ इलाम आएको हो ।

यस्तै कान्तिपुरमा केसीको स्वास्थ्य झन् खस्कियो शिर्षकमा अतुल मिश्र, विप्लव भट्टराईले लेखेको खबर अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा टोलीले अनशनरत डा। गोविन्द केसीलाई यथाशीघ्र सुविधासम्पन्न आईसीयूरसीसीयूमा सार्नुपर्ने औंल्याउँदै बुधबार स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन पठाएको छ ।

डा. विकास साहको नेतृत्वमा डा. प्रशान्त साह, डा। अजय यादव, डा. सविन भण्डारीसहितको टोली बुधबारै धरानबाट इलाम पुगी केसीको स्वास्थ्य परीक्षण गरेको हो । इलामको स्वास्थ्य संरचनामा केसीको स्याहार हुन नसक्ने भएकाले तुुरुन्त सुविधासम्पन्न अस्पताल लैजानुपर्ने देखिएको साहले बताए । अनशनकै कारण केसीले मुटुको औषधि खान छुटाएकाले थप समस्या निम्तिएको उनले जानकारी दिए ।

साहका अनुसार प्रतिवेदनमा केसीलाई ९ प्रकारका स्वास्थ्य समस्या रहेको उल्लेख छ । पछिल्लो परीक्षणमा केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म कम हुनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको छ । मुटुको चालसमेत अनियन्त्रित छ । प्रतिवेदनमा मुटुको चाल नियन्त्रणका लागि केसीले खाँदै गरेको औषधि ‘डिलटायजेम’ अनशनका कारण छुटेको उल्लेख छ ।

शरीरमा ग्लुकोजको मात्रासमेत ५० भन्दा कम छ । चिकित्सकका अनुसार केसीले ग्लुकोजको सुई लिन अस्वीकार गरेका छन् । उनको शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने, हातखुट्टा बाउँडिनुका साथै अनशनका कारण शरीरमा हानिकारक रसायन बढदै छन् । केसीलाई कमजोरीका कारण हिँडडुल र शौचालय जानसमेत गाह्रो परेको, बोल्दा पनि रिँगटा लाग्ने समस्या देखिएको प्रतिवेदनमा औंल्याइएको छ ।

चिकित्सकका अनुसार केसीको शरीरमा प्रोटिन घटेर ३।३ ग्राम प्रतिडीएल पुगेकाले खुट्टा सुन्निन थालेको छ । विभिन्न संक्रमणबाट जोगाउने सेतो रक्तकोषिका पनि ४ हजार प्रतिएमएम क्युब गरी घटदै छ । केसीलाई चिसोले घाँटी दुख्नुका साथै ग्यास्ट्राइटिसले पेटसमेत दुखेको छ । यस्तोमा शरीर कमजोर भएर निमोनियाँजस्ता प्राणघातक संक्रमण हुन सक्ने, अक्सिजन र ग्लुकोजको मात्रा घटेर मूर्छा पर्न सक्ने, कृत्रिम श्वासप्रश्वास गराउनुपर्ने जोखिमसम्म निम्तिन सक्ने चिकित्सा टोलीले चेतावनी दिएको छ । शरीरमा पानीको मात्रा कम भएर मृगौलाले काम गर्न छोड्ने, हानिकारक रसायन थुप्रिएर मुटुमा जटिलता निम्तिन सक्नेसमेत टोलीले औंल्याएको छ ।

अनशनको आठौं दिन केसीको स्वास्थ्यस्थिति बुझ्न उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा टोली इलाम पुगेको हो । इलाम अस्पतालका मेडिकल अधिकृत डा। विजेन्द्रकुमार साहले भने केसीकै सहमतिमा एन्टिबायोटिक औषधि दिन थालिएपछि जटिलता घटेको बताए । केसीलाई आईसीयूमा राख्नुपर्ने भए पनि अस्पतालमा यो सुविधा नरहेको उनले जानकारी दिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका छन् । चिकित्सकहरूको संस्था जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीको विज्ञप्तिमा केसीको सत्याग्रहप्रति सरकारको उदासीनताले आफूहरू मर्माहत भएको उल्लेख छ ।

यस्तै डा. केसीको माग बारे कांग्रेसले भन्यो दोहोरो चरित्र अन्त्य गरियोस शिर्षकमा नेपाल समाचारपत्रले लेखेको खबर अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो भुमिकाका कारण प्राध्यापक डा। गोविन्द केसी अनसन बस्न बाध्य भएको ठहर गरेको छ । डा। केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसले प्रधानमन्त्री कै अग्रसरता र वचनको सम्झौता इमान्दारी पूर्वक कार्यान्वयन हुन नसक्नु दुःखद र दुर्भाग्यपूर्ण भएको पनि जनाएको छ ।

डा. केसीले थाल्नु भएको आमरण अनसन आठ दिन पुग्दै गर्दा उहाँको विग्रदै गएको स्वास्थ्य स्थिति र सरकारको संवेदना शून्य भूमिकाप्रति कांग्रेस सचेत भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको बेला सरकार संवेदना सून्य ढंगले समाधानको विपरित अघि बढ्न खोज्नु दुःखद भएको बताउनुभयो ।

वुधवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले डा। केसीको अनशन र माग बारेमा सरकारलाई तत्काल गम्भीर बन्न आग्रह पनि गर्नुभएको थियो ।

प्रतिक्रिया