Edukhabar
बुधबार, ०५ बैशाख २०८१
अन्तैवाट

आर्थिक पारदर्शीको माग गर्दै शिक्षक–विद्यार्थी धर्नामा

मंगलबार, ०८ माघ २०७५

काठमाडौं ८ माघ / आर्थिक पारदर्शिताको माग गर्दै सिरहाको औरही गाउँपालिका, ५ स्थित सुन्दर जनता माविका शिक्षक र विद्यार्थी धर्नामा बसेका छन् । नयाँ पत्रिकाका अनुसार आर्थिक वर्ष २०७४/०७५ को छात्रवृति वितरण नगरेको, विज्ञान प्रयोगशाला सामग्री खरिदको हिसाब, विद्यालय परिसरमा मन्दिर  निर्माणमा विद्यार्थीसँग संकलन गरेको रकम पारदर्शी नगरेको भन्दै विद्यालयमा धर्ना बसेका थिए ।

विद्यालयका प्रध्यानाध्यापक इन्द्रदेव यादवले छात्रवृति विरण गर्न बाँकी रहेको बताएका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘विद्यालयले छात्रवृति वितरण गर्न नभ्याएर ढिला भयो ।’

विद्यालयमा दलित विद्यार्थीका लागि दुई लाख २५ हजार रुपैयाँ गाउँपालिका र शिक्षा समन्वय इकाइले पठाएको लेखामा समेत रहेको शिक्षक नागेश्वर यादवले बताए । छात्रवृतिको रकम गत असार १० गते विद्यालयको खातामा जम्मा गरिएको छ ।

शिक्षक र विद्यार्थीले नै धर्ना वसेपछि सोमवार कक्षा सञ्चालन नै भएन् । विद्यालयमा हाल एक हजार ६ सय ५४ विद्यार्थी अध्ययनरत रहेको तथ्यांक रहेको छ । 

नयाँ पत्रिकामा सुरेन्द्र कुमार कामतीले लेखेका छन् । 

प्रतिक्रिया