Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

धकेलाधकेल गर्दै शिक्षा मन्त्री !

मंगलबार, ०८ माघ २०७५

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद बैठक अबरोध गर्दा गर्दै पनि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले धकेलाधकेल गर्दै चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कोशिस गरेका छन् । मंगलबार बसेको पहिलो बैठकमा काँग्रेसले गरेको अवरोध पछि १५ मिनेट स्थगित बैठक शुरु हुना साथ काँग्रेस सांसदहरु बेल घेर्न आएका थिए । 

विपक्षी सांसदहरुले विरोध गर्दा गर्दै पनि सभामुख कृष्णबहादुर महराले संसदको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहित विधेयक पेश गर्न पोखरेललाई समय दिएका थिए ।  लगत्तै उनी धकेलाधकेल गर्दै रोष्टममा जाने कोशिस गरेका थिए । काँग्रेस सांसद र मन्त्री पोखरेल बीच केही बेर धकेलाधकेल चलेको थियो । 

धकेलाधकेलकै बीचमा सभामुखले फेरी १५ मिनेट बैठक स्थगित भएको जनाए पछि मन्त्री पोखरेल आफ्नो ठाउँमै आएर बसेका थिए भने काँग्रेस सांसदहरु बाहिरिएका थिए । 

आफूसँग भएको सहमती विपरित बिधेयक तयार भएको भन्दै प्रा.डा.गोविन्द केसी १४ दिन देखि अनसनमा छन् । 

मंगलबार नै बसेको संसदको पहिलो बैठकको खबर पनि पढ्नुहोस् : सरकारलाई के त्यस्तो अप्ठ्यारो पर्यो ?

प्रतिक्रिया