Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
अन्तैवाट

सत्तापक्षको रणनीति : प्रधानमन्त्री आउनुअघि नै विधेयक पारित गर्ने

बुधबार, ०९ माघ २०७५

काठमाडौं ९ माघ / सत्तारुढ नेकपा डा. गोविन्द केसीसँग वार्ता नगर्ने, चिकित्सा शिक्षा विधेयक अन्ततः पास गरेरै छाड्ने रणनीतिमा छ । विधेयकले सबै मुद्दा समेटेको भन्दै ६ माघमा स्विट्जरल्यान्ड प्रस्थान गर्नुअघि प्रधानमन्त्री केपी ओलीले आफू फर्किनुअगावै पास गरिसक्न संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतलाई निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार नै नेकपा प्रधानमन्त्री फर्किनुअघि नै विधेयक पास गर्ने पक्षमा देखिएको छ ।

प्रधानमन्त्री ओली १२ माघमा स्वदेश फर्किंदै छन् । उनी नभएकै वेलामा विधेयक पारित भएमा प्रधानमन्त्रीलाई राजनीतिक रूपमा पनि सजिलो हुनेछ । विधेयक पास भएपछि केसीको आन्दोलन स्वतः कमजोर हुने सत्तापक्षको बुझाइ छ । ‘डा. केसीसँग अब वार्ता गरिरहनुपर्ने कुनै औचित्य छैन,’ नेकपाका सांसद योगेश भट्टराईले भने, ‘अब विधेयक पारित हुन्छ, पारित भएपछि हामी कुनै पनि बुँदा संशोधन गर्दैनौँ ।’ 

कांग्रेसले दुई अस्पतालको विषयलाई लिएर संसद् अवरुद्ध गरे पनि डा. गोविन्द केसीको मागलाई रणनीतिक रूपमा प्रयोग गर्ने योजना बनाएको छ । यसका लागि प्रधानमन्त्री विदेश भएको वेला सत्तापक्षलाई आनन्द हुने गरी मुद्दा किनारा लगाउन ऊ तयार छैन । प्रधानमन्त्री नभएसम्म दुई अस्पतालको विषय टुंगो लाग्दैन । दुई अस्पतालको टुंगो लागेपछि पनि डा. केसीको नाममा फेरि आन्दोलन गर्ने कांग्रेसको योजना छ । ‘दुई अस्पतालको मात्रै कुरा छैन । डा. गोविन्द केसीका वास्तविक मागदेखि लामो समयदेखि सुल्झन नसकेको निर्मला पन्तको विषयलाई पनि हामी खरो उठाउँछौँ,’ कांग्रेस सांसद मीन विश्वकर्माले नयाँ पत्रिकासँग भने, ‘केसीका मागमा सहमति भइसक्यो, संसद्ले अनुमोदन गरिसक्यो, तर प्रधानमन्त्री मैले संसद्लाई निर्देशन र नियन्त्रण गर्न सक्दिनँ भन्नुहुन्छ । सहमति भइसकेको विषय उल्लंघन गर्नुहुन्छ र सांसदलाई ढाँट्नुहुन्छ भने हामी यत्तिकै चुपचाप बस्न सक्दैनौँ ।’

भएको भन्दै उनीहरूले तेस्रो बैठक पनि चल्न नदिने बताए । उता, सत्तापक्ष भने चिकित्सा शिक्षा विधेयक मंगलबार नै पास गराउन जोडबल गरिरहेको थियो । बैठक सञ्चालन गर्न सभामुख आफ्नो चेम्बरबाट करिब २० मिटर हिँडेर बैठकहलमा आउनुपर्छ । तर, प्रतिपक्षी सांसद मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, गगन थापालगायत सभामुखलाई ढोकामै अवरोध गरे । कांग्रेसको अवरोधले सभामुख महरा बैठक सञ्चालन गरिने वेलसम्म पुग्न सकेनन् । त्यसैले तेस्रो बैठक सुरु हुनै सकेन । झन्डै २५ मिनेटपछि सूचना टाँसेर स्थगित गरिएको बैठक अब शुक्रबारका लागि बोलाइएको छ । 

नयाँ पत्रिकाबाट 

प्रतिक्रिया