Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

क्याम्पसको वार्षिकोत्सवमा बिरामीलाई फलफुल

मंगलबार, २२ माघ २०७५

बाग्लुङ् - सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी आफ्नो ५६ औँ वार्षिकोत्सव मनाईरहेको धवलागिरी बहुमुखी क्याम्पसले बिरामीहरुलाई फलफुल वितरण गरेको छ । धवलागिरी अञ्चल अस्पतालमा उपचार रत २२ जना बिरामीहरुलाई क्याम्पसले फलफुल वितरण गरेको हो । 

फलफुल वितरणपछि आयोजित कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायले क्याम्पस र समुदायका बीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले फलफुल वितरण गरिएको बताए । अस्पताल विकास समितिका अध्यक्ष केवी रानाले सरकारको सम्पत्ति समुदायको भएको र समुदायको सम्पति व्यक्तिको भएकाले सबैले सरकारी सम्पतिलाई माया गर्नुपर्ने बताए । 

क्याम्पसले विविध गतिविधका साथ आफ्नो वार्षिकोत्सवका कार्यक्रम सञ्चालन गर्दै आएको छ । मूल समारोह भने सरस्वती पूजाका दिन आगामी माघ २७ गते हुनेछ ।  

प्रतिक्रिया