Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

सरकारी छुटाएर निजी बैँक मार्फत् शिक्षकको तलब !

बुधबार, ०१ फागुन २०७५

काठमाडौं - सरकारी बैँकबाट भुक्तान हुँदै आएको शिक्षकको तलब निजी बैंकबाट गर्ने गरी काठमाडौँ महानगरपालिकाले नयाँ व्यवस्था गरेको छ । नेपाल बैँक लिमिटेडमा रहेको खातामा जम्मा हुँदै आएको महानगर भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको तलब निजी लगानीको प्रभु वा एनआईसी एसिया बैँकको खतामा जम्मा गर्ने महानगरको शिक्षा विभागले निर्णय गरेको हो । 

महानगर भित्रका सबै सामुदायिक विद्यालयलाई विभागले पत्राचार गरी ति बैँकमा खाता खोल्न भनेको छ । कुनै शिक्षकले यस अघि नै ती बैँकमा खाता खोलेको भए त्यसैलाई तलबी खाताका रुपमा रुपान्तरण गरी विभागमा जानकारी दिन भनिएको छ । खाता खोल्न जाँदा पठनपाठनमा असर नपर्ने गरी व्यवस्थापन गर्न पनि महानगरका शिक्षा अधिकारीद्वारा जारी पत्रमा उल्लेख गरिएको छ ।  

सरकारी बैँकबाटै हुँदै आएको भुक्तानी निजी बैँकमा सार्नु पर्नाको  कारण भने पत्रमा स्पष्ट पारिएको छैन । 

 

प्रतिक्रिया