Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

शिक्षकको सेवा सुविधा निजामतीको भन्दा आकर्षक, मापदण्ड संघीय सरकारले तोक्ने

विहीबार, ०९ फागुन २०७५

काठमाडौं - शिक्षकलाई निजामती कर्मचारीको भन्दा आकर्षक सेवा सुविधा दिने प्रवन्ध गर्न शिक्षा मन्त्रालयले सहमती जनाएको छ । निर्माणको प्रकृयामा रहेको संघीय ऐनमा उक्त ब्यवस्था गर्ने गरी मन्त्रालयले नेपाल शिक्षक महासंघसँग लिखित सहमती गरेको हो । 

'विद्यालय शिक्षकको सेवा सर्त र सुविधाको मापदण्ड संघीय सरकारले तोक्ने र त्यस्तो सुविधा समान तहका निजामती सेवाको कर्मचारी भन्दा आकर्षक बनाईने' सहमतीमा उल्लेख छ ।

लामो समय देखि आन्दोलनरत महासंघ र मन्त्रालयबीच पटक पटक भएका वार्ता पछि बिहीबार भएको २० बुँदे सहमतीको बुँदा नम्बर ६ मा उल्लेख संघीय ऐनमा गरिने प्रवन्धहरु अन्र्तगत उक्त बुँदा राखिएको छ । 

शिक्षा सचिव खगराज बराल सहित मन्त्रालयका सहसचिवहरु र महासंघका अध्यक्ष बाबुराम थापा सहित शिक्षक नेताहरुले हस्ताक्षर गरको उक्त सहमतीमा शिक्षकका विभिन्न सेवा सुविधा उल्लेख गरिएको छ । 

पढ्नुहोस् सहमती :

 

प्रतिक्रिया