Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शिक्षकको प्रदर्शनमा अश्रु ग्यास

सोमबार, २० फागुन २०७५

काठमाडौं - स्वतः स्थायीको माग गर्दै आन्दोलनमा उत्रिएका राहत तथा बालविकास शिक्षकको प्रदर्शनलाई अश्रु ग्यास सहित पानीको फोहोरा हानेर प्रहरीले तितरवितर बनाएको छ । घटनामा केही शिक्षक घाईते भएको शिक्षकले जनाएका छन् । माईतिघर मण्डलाबाट शुरु शिक्षकको प्रदर्शन संघीय संसद भवन बानेश्वर जाँदै गर्दा प्रहरीले निषेधित क्षेत्र तोडेको भन्दै अश्रु ग्यास हानेको हो । 

पहिलो दिन आईतबारको तुलनामा प्रहरीले सोमबार धरपकडलाई तिब्र बनाएको छ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्नु खेदजनक भन्दै आन्दोलनरत शिक्षकहरुले शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित सरकारको कडा आलोचना गरेका छन् । 

हाल कार्यरत राहत र उच्च माध्यमिक तहको शिक्षक अनुदान कोटा स्वतःस्थायी दरबन्दीमा रुपान्तरण गर्ने गरी राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारिएको खबर सार्वजनिक भएसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । देशभर बाट काठमाडौं केन्द्रित भएर राहत शिक्षकले आन्दोलन शुरु गरेका छन् । 

ऐनको ब्यवस्था अनुसार सिर्जना भएका स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा २० प्रतिशत दरबन्दीमा मात्रै उनीहरुलाई प्रतिस्पर्धाको अवसर सुनिश्चित  गर्ने प्रस्तावित प्रावधानमा उनीहरुको आपत्ति छ । 

यो पनि पढ्नुहोस् : मौका यही हो – गरिहालौँ आन्दोलन, भईहालौँ स्वतः स्थायी !

प्रतिक्रिया