Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

अनलाइन शिक्षाको लोकप्रियता बढ्दो

मंगलबार, २१ फागुन २०७५

काठमाडौं - स्मार्टफोनको बढ्दो प्रयोग तथा मोवाइल इण्टरनेटको पहुँचमा भएको सुधारले चीनमा अनलाइन शिक्षाको लोकप्रियता बढ्दै गएको छ । चीनका झण्डै १९ करोड ४० लाखले मोबाइलको प्रयोग मार्फत अनलाइन शिक्षा लिएको चाइना इण्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरलाई उदृत गर्दै  समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् २०१७ को तुलनामा यो ६३.३ प्रतिशतले बढी हो ।

उक्त समाचार अनुसार गत वर्ष मात्रै अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले वृद्धि भएर २० करोड १० लाख पुगेको छ । यो समग्र अनलाइनमा पहुँच रहेका मध्ये २४.३ प्रतिशत हिस्सा हो ।

उक्त समाचार अनुसार अनलाइन शिक्षाका लागि प्राप्त विकल्पमध्ये स्मार्टफोन सबैभन्दा प्रभावशाली देखिएको छ । सूचना आदानप्रदानमा चीनमा सामाजिक सञ्जाल वीच्याट लोकप्रिय छ । वीच्याटमा रहेका विभिन्न सुविधाका कारण पनि अनलाइन शिक्षाप्रति मानिसहरुको आकर्षण बढेको समाचारको दावी छ । 

प्रतिक्रिया