Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

नक्कली प्रमाणपत्रका आधारमा बीएड पास र शिक्षकको नियुक्ति

बुधबार, २९ फागुन २०७५

काठमाडौं - नक्कली प्रमाणपत्रका आधारमा बीएड पास गरी सोही शैक्षिक प्रमाणपत्र बुझाएर नियुक्ति लिएका शिक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । महेन्द्र मन्दिर माध्यमिक विद्यालय, परेवाडाँडा, लमजुङमा कार्यरत शिक्षक लोकनाथ तिवारीको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली भएको दावी सहित अख्तियारले विशेष अदालतमा मुद्दा हालेको हो । 

उनी विरुद्ध परेको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन शिक्षक तिवारीले भारतको पटना स्थित विहार स्कुल परीक्षा बोर्डको नक्कली प्रमाणपत्र बुझाएको फेला परेको अख्तियारको दावी छ । तिवारीले उक्त बोर्डबाट जारी भएको ईन्टरमिडीयट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू बनाई सोही प्रमाणपत्रको आधारमा नेपालबाट बि.एड. समेत पास गरी उक्त नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेश गरी अस्थायी शिक्षकको नियुक्ती लिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालद्वारा विज्ञप्तिमा जनाईएको छ । 

'उनले उक्त विद्यालय सहित सूर्योदय आधारभुत विद्यालयमा कार्यरत रहेर लाभ तथा सुविधा समेत लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन अनुसार कसुर गरेको देखिन आएको' अख्तियारको आरोप पत्रमा उल्लेख छ । 

 

प्रतिक्रिया