Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

कक्षा ८ मा पनि पुर्नयोग र ग्रेडवृद्धिको मौका

विहीबार, ३० फागुन २०७५

काठमाडौं - आधारभूत तहका विद्यार्थीलाई पनि नतिजामा चित्त नबुझेमा पुर्नयोग र ग्रेडवृद्धिको मौका दिनु पर्ने अध्ययन कार्यदलले सुझाव दिएको छ । माध्यमिक तहको परीक्षा प्रणालीमा गर्नुपर्ने सुधार तथा आधारभूत तहको परीक्षा व्यवस्थापन सम्बन्धी अध्ययन गर्न गठित कार्यदलले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा उक्त सुझाव दिईएको हो ।

नतिजामा कुनै विद्यार्थीलाई चित्त नबुझेमा पुर्नयोग गर्न पाउने र ग्रेडवृद्धि गर्न चाहेको विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने प्रबन्ध परीक्षा बोर्डले गर्न सकेको देखिएन परीक्षा व्यवस्थित गर्न देखिएको चुनौती उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ नतिजा प्रकाशनमा विभिन्न मिसिङ वा त्रुटि रहेको पाइएको छ । विद्यार्थीले त्रुटि सच्याउने औपचारिक व्यवस्था भएको पाइएन ।

सबै स्थानीय परीक्षा बोर्डले परीक्षाको नतिजा प्रकाशन, ग्रेडवृद्धि परीक्षा आवेदन तथा सञ्चालन, पुनर्योग र स्थगित नतिजा प्रकाशनको मिति र समयको वार्षिक तालिका एकै किसिमले शैक्षिक सत्रको सुरु भएको दुई महिना भित्र नै विद्यालयलाई सूचना गर्न कार्यदलको सुझाव छ । स्थानीय परीक्षा बोर्डले पुनर्योग, स्थगित नतिजा प्रकाशन र अभिलेख संशोधनको लागि अलग्गै समिति गठन गरी काम, कर्तव्य र अधिकार ताक्नु पर्ने र

कुनै परीक्षार्थीलाई पुनर्योगमा चित्त नबुझे आवश्यक प्रक्रिया पु¥याई उत्तर पुस्तिका देखाउने प्रबन्ध स्थानीय परीक्षा बोर्डले गर्न सुझाव दिईएको छ । नतिजा प्रकाशनको शुद्धता र गोपनीयता चुनौती पूर्ण रहेको भन्दै कार्यदलले स्थानीय परीक्षा बोर्ड गठन सहित ३२ बुँदे सुझाव दिएको छ ।

पढ्नुहोस् : स्थानीय परीक्षा बोर्ड गठनको सुझाव

आधारभूत तहको परीक्षाको नतिजा प्रकाशन, पुनर्योग तथा अभिलेख संशोधन व्यवस्थित हुन नसकेको भन्दै प्रतिवेदनमा गत वर्ष परीक्षाको सञ्चालन र नतिजा प्रकाशन मिति पनि स्थानीय तहपिच्छे आ–आफ्नै अनुकूल तय गरिएको उल्लेख छ ।

कक्षा ८ का विद्यार्थीहरूले पुर्नयोगको सुविधा लिएको कतै पाइएन भने ग्रेडवृद्धि परीक्षा पनि थोरै स्थानीय तहले मात्र सञ्चालन गरेका भन्दै प्रतिवेदनमा नतिजाको पुनर्योग, स्थगित नतिजा प्रकाशन, तथा अभिलेख संशोधन सम्बन्धी अलग्गै समिति निर्माण गरी कार्यविभाजन गरेको नदेखिएको उल्लेख छ ।

केही स्थानीय तहले नतिजा प्रकाशित गर्न सफ्टवेयरको विकास समेत गरेका छन् । केही स्थानीय तहले अङ्क प्रणालीबाट नै नतिजा प्रकाशित गरेका छन् प्रतिवेदनमा भनिएको छ, शैक्षिक संस्थाहरूबाट सञ्चालन हुने परीक्षाको नतिजा शैक्षिक सत्रभित्रै प्रकाशित गरिसक्नुपर्ने हुन्छ । आधारभूत तहको परीक्षा शैक्षिक सत्रको अन्तिम महिना चैत्र मसान्त अगावै प्रकाशित गरेर अर्को वर्ष शैक्षिक सत्रको पहिलो महिना बैशाखमा माध्यमिक तह कक्षा ९ मा भर्ना हुन मिल्ने गरी हुनुपर्छ ।

प्रतिक्रिया