Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

शिक्षा मन्त्री डिस्चार्ज, केही दिन दौडधुप नगर्न चिकित्सकको सुझाव

शनिबार, ०९ चैत्र २०७५

काठमाडौं - तीन दिन अघि अस्पताल भर्ना भएका शिक्षा मन्त्री गिरिराजमणि पोखरेल शनिवार साँझ डिस्चार्ज भएका छन् । 'फुड प्वाईजन' का कारण अस्वस्थ भएका पोखरेललाई डिस्चार्ज भए पनि केही दिन धेरै दौडधुप नगर्न चिकित्सकले सुझाव दिएका छन् । स्वास्थ्य समस्या भए पछि बिहीबार बेलुकी उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

'उपचारसँगै स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि केहि दिन अति आवश्यक काम बाहेक घरमै आराम गर्न डाक्टरहरुले सुझाव दिए पछि मन्त्रीज्यू  डिस्चार्ज हुनु भएको छ' मन्त्रीको सचिवालयका कर्मचारी विनोद न्यौपानेले जानकारी दिए ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भरत कुमार यादव लगायत पधादिकारी, उपचारमा संलग्न प्रा. डा. पारस कुमार आचार्य, डा. दिनेश चन्द्र पोखरेल, नर्स, अस्पताल परिवार लगायत स्वास्थ्यमा चासो दिने सबै प्रति मन्त्री पोखरेलले धन्यवाद सहित आभार व्यक्त गरेको सचिवालयले जनाएको छ ।

भारतीय दुतावासले बनाएको विद्यालय उद्घाटन गर्न मंगलबार सिन्धुपाल्चोक पुगेका मन्त्री पोखरेलको स्वास्थ्यमा उताबाट फर्कदैं गर्दा समस्या देखिएको थियो । बुधबार फागु पुर्णिमाका दिन निवासमै आराम गरेका मन्त्री पोखरेलको स्वास्थ्यमा थप समस्या भए पछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

विरामीकै कारण सरकारले स्थापना गर्न लागेका तीन वटा मेडिकल कलेज मध्ये रुपन्देहीमा स्थापना भएको कलेजको परियोजना कार्यालय उद्घाटनमा उनी सहभागी हुन सकेका थिएनन् ।

पढ्नुहोस् : शिक्षा मन्त्री अस्पताल भर्ना, मन्त्रालयकै कार्यक्रममा सहभागी हुन सकेनन्

तस्विर : मन्त्रीको सचिवालय

प्रतिक्रिया