Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

एसईई प्रश्नपत्र आउट प्रकरण : प्रहरीको संलग्नता शिक्षक पनि मतियार !

विहीबार, २१ चैत्र २०७५

सप्तरी - एसईईको प्रश्नपत्र आउट प्रकरणमा संलग्न भएको अभियोग सहित प्रहरीले ६ जनालाई सार्वजनिक गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न दुई प्रहरीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत प्रहरी जवान सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल उक्त कार्यमा संलग्न भएको पत्रकार सम्मेलनमा जानकारी गरार्ययो । पक्राउ पर्ने अन्यमा विष्णुदेव यादव, शिक्षक मनोज यादव, राजेश यादव र उमेश यादव छन् ।

उक्त प्रहरी कार्यालयमा राखिएको जनता मावि बनिया र रादु मावि कल्याणपुरको प्रश्नपत्रको सुरक्षामा खटिएका जवान नै प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको प्रहरीको दावी छ । 
प्रश्न–पत्रको पोको काटेर निकालिएको र फोटो खिचेर सामाजिक सञ्जाल मार्फत् पठाइृएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यसरी आउट गरिएको प्रश्नपत्र १ हजार देखि ४ हजार रुपैयाँसम्म लेनदेन भएको देखिएको प्रहरीको भनाइ छ ।

गत चैत १४ गतेको सामाजिक र १५ गतेको विज्ञान विषयको प्रश्नपत्र सुनरैत मार्फत आउट भएको प्रहरीको दावी छ । उनले प्रश्नपत्र निकालेर फोटो खिची दाइलाई पठाएका थिए । त्यसपछि सामाजिक सञ्जाल मार्फत् भाईरल भएको प्रहरीको दावी छ । प्रश्नपत्र आउट गर्नेहरुको मोवाईको थप परीक्षण जारी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया