Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

भारतबाट नक्कली प्रमाण पत्र ल्याई शिक्षक !

बुधबार, २७ चैत्र २०७५

काठमाडौं - भारतबाट ल्याईएको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ । 

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, भिस्वा, वीरगञ्जको प्राथमिक तहकी  शिक्षक संगिता कुमारी यादवको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको अख्तियारको दावी छ । उनको प्रमाणपत्र नक्कली रहेको दावी सहित परेको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उक्त तथ्य फेला परेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यादवले सेवा प्रवेश र बढुवाका लागि बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतको शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेकी थिईन् । उनको उक्त कार्यलाई भ्रष्टाचार तथा कसुर गरेको पुष्टि हुन आएको भन्दै सजायको मागदाबी सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

 

प्रतिक्रिया