Edukhabar
विहीबार, १५ चैत्र २०८०
विदेशमा शिक्षा

वार्षिकोत्सवका अवसरमा बालबालिकालाई सहयोग

मंगलबार, १७ बैशाख २०७६

काठमाडौं - विदेशमा पढ्न जाने विद्यार्थीलाई परामर्श दिदैं आएको संस्था कंगारु एजुकेशन फाउण्डेशनले विपन्न बालबालिकालाई सहयोग गरेर आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ । गहनापोखरीमा रहेको हर्ट बीट नामक संस्थाले पालन पोषण गर्दै आएका ति बालबालिकालाई स्टेशनरी र झोला वितरण गरेको संस्थाका प्रमुख कार्यकारी महेशबाबु तिमिल्सिनाले जानकारी दिए । कंगारुले आफ्नो १२ औं वार्षिकोत्सवलाई 'भविष्य उज्वल छ' भन्ने अभियान अन्र्तगत  मनाईरहेको छ ।

'हाम्रो सानो सहयोगले उनीहरुको पठनपाठनमा केही मात्रामा भए पनि टेवा पुगोस् भनेर हामीले उक्त कार्य गरेका हौं' उनले भने 'वार्षिकोत्सवका अवसरमा खानपीन र रमाइलोमा खर्च गर्नुको साटो सानै भए पनि सहयोग गरौं भन्ने सोच्यौं ।' 

उक्त संस्थाले देशका विभिन्न भागका विपन्न र अभिभावक विहीन ३० बालबालिकालाई संरक्षण गर्दै आईरहेको छ ।    

वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत हरेक वर्ष संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको छ । अघिल्लो बर्ष धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरेको थियो । यस बर्ष संस्थामा आवद्ध कर्मचारीले रक्तदान समेत गरेका छन् । 

विशेष गरी अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई कंगारुले काठमाडौं सहित देशका मुख्य ८ शहरमा रहेका शाखा कार्यालय मार्फत् परामर्श सेवा दिदैं आएको छ । उसको अष्ट्रेलिया पनि शाखा कार्यालय छ ।  

 

प्रतिक्रिया