Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शिक्षक सरुवा गर्न परिपत्र, तीन अवस्थामा सरुवा

सोमबार, २३ बैशाख २०७६

भक्तपुर - शिक्षा तथा मानव श्रोत विकास केन्द्रले रोकिएको शिक्षक सरुवाको बाटो खोलिदिएको छ । गत चैत ११ गते देखि रोकिएको शिक्षकको सरुवा तीन अवस्थामा गर्न सक्ने गरी केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ । 

आन्तरिक तर्फको पदस्थापनाको कार्य सम्पन्न भए पछि पनि दरबन्दी रिक्त रहन आएमा, खुल्ला प्रतियोगितात्मक विज्ञापनमा समाबेश नभएका पद किटान तथा खुला तर्फको पदस्थापनमा असर नपर्ने गरी र दरबन्दी मिलानको काममा विद्यार्थी संख्याको कारणले उक्त दरबन्दी कटौती नहुने अवस्थामा मात्र जिल्ला र जिल्ला अन्तर सरुवा गर्न सकिने उक्त परिपत्रमा उल्लेख छ । यसरी सरुवा गर्दा समान तहको रिक्त पद तथा विषयको दरबन्दीमा कार्यरत स्थायी शिक्षकलाई पालिकाहरुको समन्वयमा सरुवा गर्न केन्द्रले इकाइहरुलाई परिपत्र गरेको छ । 

आन्तरिक पदस्थापना र शिक्षकको अवकासको कारण शिक्षक व्यवस्थापनमा कठिनाई भएको भन्दै केन्द्रले इकाइलाई परिपत्र गरेर सरुवाको बाटो खोलिदिएको हो । 

 

प्रतिक्रिया