Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ मा विद्यार्थी भर्नाको आधार तय

बुधबार, ०१ असार २०७३

भक्तपुर – एसएलसी नतिजा सार्वजजिक हुने सम्पूर्ण तयारी सकिएको छेक पारेर उच्च माध्यमिक शिक्षा परिषद्ले बल्ल कक्षा ११ मा कस्ता विद्यार्थी भर्ना गर्ने भन्ने आधार तय गरेको छ । परिषद्को बुधबारको बैठकले यसपालि एसएलसी उत्तिर्ण हुने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्ने आधारको औपचारिक निर्णय गरेको हो ।

एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज अर्थात् (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान पढ्न पाउने गरी परिषद्ले निर्णय गरेको छ । कक्षा ११ मा भर्ना हुन कम्तिमा पनि अंग्रेजी, गणित, बिज्ञान, सामाजिक, र नेपालीमा डी प्लस आवश्यक हुने छ भने बिज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान र गणितमा सी प्लस र अंग्रेजीमा सी अनिवार्य ल्याउनु पर्ने छ । विज्ञान विषय पढ्न २ जीपीए हुनु पर्ने व्यवस्था गरिएको छ । व्यवस्थापन, शिक्षा, मानविकी संकाय अध्ययन गर्न १.६ जीपीए ल्याउनेले पनि अवसर पाउने छन् । ३० देखि ४० प्रतिशत अंक ल्याउनेको जीपीए १.६ हुन्छ ।

परिषद् बैठकले विभिन्न १२ विषयमा आवश्यक गे्रडिङ् र जीपीए निर्धारण गरेको छ । जस अनुसार माध्यमिक विद्यालयको व्यवसायिक धारमा पढ्न चाहनेले विज्ञान, अंग्रेजी र गणितमा सी अनिवार्य ल्याउनु पर्ने छ । ब्यवस्थापन संकाय पढ्न चाहनेले गणितमा सी अनिवार्य तर ट्रभ एण्ड टुरीज्म, मास कम्युनिकेशन र होटल म्यानेजमेण्ट पढ्न चाहनेले   अंग्रेजीमा अनिवार्य सी ग्रेड ल्याउनु पर्ने छ तर विज्ञानमा कमजोर भए पनि हुने छ भने नेपाली वा अंग्रेजी ऐच्छिक लिने भए बिज्ञान र गणित कमजोर भए पनि हुने छ ।

बिज्ञान बाहेक अरु संकायमा गणित ऐच्छिक लिने भए गणितमा सी अंग्रेजी ऐच्छिक लिने भए अंग्रेजीमा सी बिज्ञान ऐच्छिक लिने भए बिज्ञान र गणितमा सी नेपाली ऐच्छिक लिने भए नेपालीमा सी स्वास्थ्य र शारीरिक शिक्षा ऐच्छिक लिएर पढ्न चाहनेले पनि सी ल्याउनै पर्ने छ ।

भर्नाको आधारबारे जानकारीका लागि यो तालिका हेर्नुहोस्

 

यो पनि पढ्नुहोस् :कक्षा ११ पढ्न एसएलसीमा न्यूनतम डी प्लस आवश्यक, विज्ञान पढ्न सी प्लस

प्रकाशित मिति २०७३ असार १ गते

प्रतिक्रिया