Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
जिव्रो

कस्तो अवस्थामा मात्र कक्षा ११ मा भर्ना हुन पाइन्छ ?

शनिबार, ०४ असार २०७३

Mana Prasad Wagley

१. कुनै पनि बिषय लिएर पढ्नका लागि अंग्रेजीमा कम्तिमा पनि १.६ अर्थात् D+ आएकै हुनुपर्छ/ यदि छैन भने कक्षा ११ मा भर्ना हुन पाइदैन/

२. नेपाली बाहेक अन्य भाषा समूहमा पढ्न चाहनेलाई बाहेक अरु सवै प्रकारका बिषयमा भर्ना हुन नेपालीमा पनि १.६ अर्थात् D+ आएकै हुनुपर्छ/ यदि छैन भने कक्षा ११ मा भर्ना हुन पाइंदैन/

३. Science, Management, Humanities र Education बिषयमा भर्ना हुन चाहनेले सामाजिकमा पनि १.६ अर्थात् D+ ल्याएकै हुनुपर्छ /

. Introduction to Education/Instructional Pedagogy/Health and Physical Education/Population Studies /Environment Education यी बिषय लिएर पढ्न EPH मा C र विज्ञानमा D+ आवश्यक पर्छ/

५. Political Science, History, Culture, Home Science, Sociology, Philosophy, Library and Information Science, यी बिषय लिएर पढ्न सामाजिकमा C आवश्यक पर्छ/

६. Nepali, Teaching Nepali यी बिषय लिएर पढ्न नेपालीमा C आवश्यक पर्छ/

७. Mass Communication/Hotel Management/Travel and Tourism यी बिषय लिएर पढ्न अंग्रेजीमा C र गणितमा D+ आएकै हुनुपर्छ/

८. English/Alternative English/Teaching English/Linguistics यी बिषय लिएर पढ्न अंग्रेजीमा C आएकै हुनुपर्छ/

९. Physics Education/Chemistry Education/Biology Education/Teaching Science यी बिषय लिएर पढ्न गणित र विज्ञानमा C आएकै हुनुपर्छ/

१०. Mathematics/Accountancy/Economics/Computer Science/ Teaching Mathmatics/Elements of Finance/Jotish/Business Mathematics/ Co-Operative Management, Business Studies / Geography /Psychology, यी बिषय लिएर पढ्न गणितमा C आएकै हुनुपर्छ/

११. Vocational Subject Group Animal Science/Plant Science, Electrical Engineering/Civil Engineering/Computer Engineering यी बिषय लिएर पढ्न गणित बिज्ञान र अंग्रेजीमा C आएकै हुनुपर्छ/

१२. Science Subject Group Physics, Chemistry, Biology/Mathematics/Computer Science यी बिषय लिएर पढ्न गणित र विज्ञानमा C+ र अंग्रेजीमा C आएकै हुनुपर्छ/

प्रकाशित मिति २०७३ असार ४ गते

प्रतिक्रिया