Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

पुडासैनीको निधन, मंगलबार देशभरका उच्च मावि विदा

आइतबार, १९ भदौ २०७३

काठमाडौं - उच्च माध्यमिक विद्यालय संघ हिसानका पूर्व सचिव बुद्धिप्रसाद पुडासैनीको निधन भएको छ । उनलाई पिसाव नलीमा क्यान्सर थियो । गत पुसमा भारतमा उपचार गराएर फर्केका पुडासैनीको रोग दुई महिना अघि बल्झेर फेरी भारतमै उपचार भएको थियो ।

उपचार पछि गत बुधबार उनलाई नेपाल फर्काईएको थियो ।

उपचारकै क्रममा ग्राण्डि अस्पतालमा आईतबार विहान निधन भएको उनका साथी तथा मेधावी कलेजका प्रिन्सिपल जयराम खनालले बताए ।

उनको निधनमा शोक मनाउन मंगलबार देशभरका उच्च मावि विदा गर्ने हिसानले निर्णय गरेको छ । विहान आकस्मिक रुपमा बसेको हिसानको बैठकले शोक प्रस्ताव पारित गर्दै विदा गर्ने निर्णय गरेको खनालले बताए ।
सामाखुसीमा रहेको रेडन कलेजका संस्थापक पुडासैनीका तीन छोरी र श्रीमती छन् ।

प्रकाशित मिति २०७३ भदौ १९ गते

प्रतिक्रिया