Edukhabar
विहीबार, १३ बैशाख २०८१
विदेशमा शिक्षा

विद्यार्थीलाई दिईने गृहकार्यमा प्रतिबन्ध

शुक्रबार, ३१ भदौ २०७३

काठमाडौं– पोर्टल्याण्डका विद्यालयका विद्यार्थीलाई गृहकार्य दिन प्रतिबन्ध लगाइएको छ । पोर्टल्याण्डको ओरिगन नामक एक संस्थाले गरेको अध्ययनले विद्यालयहरुले विद्यार्थीलाई दिने गृहकार्यले भन्दा अन्य अतिरिक्त कृयाकलापले उनीहरुको व्यक्तित्व विकासमा मद्दत पुग्ने निश्कर्ष निकाले पछि यो प्रतिबन्ध लगाइएको हो ।

उक्त संस्थाले गृहकार्यको विद्यार्थीलाई बाहिर खेल्नका लागि उत्साहित गर्नुपर्ने पनि सुझाव दिएको मेट्रो न्युज अनलाईनले जनाएको छ । ‘विद्यार्थीलाई घरमा भन्दा बाहिर खेल्न मिल्ने वातावरणको आवश्यकता छ, गृहकार्यले उनीहरुलाई समाजमा खुल्नमा बाधा उत्पन्न गराउँछ ।’ अध्ययनमा उल्लेख छ ।

ओरिगनको उक्त निश्कर्ष सार्वजनिक भएपछि त्यहाँका प्रारम्भिक विद्यालयहरुका प्रधानाध्यापकहरुले तय गरेको योजनालाई अभिभावकहरुले पनि साथ दिएका छन् । सोही अनुसार विद्यार्थीलाई गृहकार्यको सट्टा बाहिरको वातावरणमा घुलमिल हुने किसिमका गतिविधि गर्नका लागि प्रोत्साहन गर्न थालिएको छ ।

गृहकार्य भन्दा अन्य बाहिरी गतिविधि र क्रियाकलापले बाल्यकाललाई अझ समृद्ध र उत्पादनशील बनाउने निश्कर्ष सहित गृहकार्यलाई निषेध गरेको प्रअहरुले जनाएका छन् । विद्यार्थीलाई सिर्जनात्मक क्रियाकलाप गर्न उत्साहित गर्न थालिएको छ ।  

प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई गृहकार्यको ठाउँमा विद्यालय बाहिरको वातावरणसँग घुलमिल गराउने, आमाबाबुसँग खेलाउने, नयाँ नयाँ किताव अध्ययन गर्न लगाउने गर्दा विद्यार्थीलाई सक्रिय बनाउन सकिने भएपछि उक्त नीति अवलम्बन गरिएको हो ।

एक जना प्रअ केट बार्करले विद्यार्थीलाई गृहकार्य नदिएको दिन निक्कै खुसी हुने बताइन् । उनले गृहकार्यले बालबालिकाहरुलाई सहयोग नगर्ने निष्कर्ष सुनाईन् ।

‘हामीले गृहकार्य गर्न थप सहयोग चाहिने विद्यार्थीका गृहकार्यले उनीहरुको विकासमा बाधकको भूमिका खेलेको थाह पायौं ।’ प्रिन्सिपल बार्कर भन्छिन्, ‘त्यसैले विद्यार्थी गृहकार्यका साथ घर फर्किँदा अभिभावक र विद्यार्थीबीच सकारात्मक अन्तरक्रिया नै हँुदैन ।’

प्रतिक्रिया