Edukhabar
मंगलबार, ११ बैशाख २०८१
गतिविधि

पूनर्निर्माणबारे चित्रकला प्रतियोगिता

शुक्रबार, ३१ भदौ २०७३

भक्तपुर– भूकम्पपछिको पूनर्निर्माणका बारेमा विद्यार्थी माझ चित्रकला प्रतियोगिता भएको छ । भूकम्पपपछिको पूनर्निर्माणसम्बन्धी विद्यार्थीहरुको सिर्जनात्मक अभिव्यक्ति प्रस्फुटन गराउन ‘हाम्रो कला संस्कृति’ विषयमा भक्तपुरको दरबार स्क्वायरमा शुक्रबार चित्रकला प्रतियोगिता भएको हो ।

निजी विद्यालयहरुको संस्था नेशनल प्याव्सन भक्तपुरले गरेको प्रतियोगितामा उपत्यकाका तीन जिल्ला सहित काभ्रेबाट समेत गरी ७० जना विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारबाट पुरस्कृत विद्यार्थीलाई जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले पुरस्कार वितरण गरे । प्रावि तथा निमावि तहको छुट्टाछुट्टै उक्त प्रतियोगिताको प्रावितर्फ एरुडाइटका  सलम राई प्रथम, इमेज स्कुलका सेफिना लागे द्वितीय, रोम्बसका दिप्सन सैंजु तृतीय र बिमल मेमोरियलका बरदान थापामगर सान्त्वना भएका थिए ।

त्यस्तै निमावितर्फ मुनसाइनका आरति सिंख्वाल प्रथम, इमेजका कविता तुल्सिबाख्यो द्वितीय, विमलका दिवस बस्नेत तृतीय र क्रियटिभका पेशल लामा सात्वना भएका थिए ।

प्रतिक्रिया